दार्चुलाको नौगाड गाउँपालिकामा पहिरो, आमाछोरी बेपत्ता

Darchula naugadh pahiro

दार्चुला । दार्चुलामा गएराति गएको पहिरोमा परेर नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा आमाछोरी वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा नौगाड गाउँपालिका –६ का ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना रहेको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोले विद्यालय भवन, २८ बाख्रा, कुखुरा फर्म, तीनवटा पानी घट्ट बगाउनुका साथै पारी गाउँका तीन घरमा पूर्ण क्षति पुर्‍याएको नौगाडका स्थानीय हरकसिंह धामीले बताए ।

पारिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षती गरेको नौगाड क्स स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीसमेत खटिएको अध्यक्ष धामीले बताए ।

प्रतिकृया दिनुहोस