स्टार खेलाडी बिनाकै पिएसजीसँग रियल मड्रिड स्तब्ध

781b0860629178aca6c27c29b345c057 w1000 h500 cp

काठमाडौँ । एन्जिल डी मारियाको दोहोरो गोल मद्दतमा पेरिस सेन्ट जर्मन (पीएजी)ले रियल म्याड्रिडमाथि ३–० को शानदार जित हात पारेको छ । च्याम्पियन्सलिग अन्तर्गत बुधबार राति भएको खेलमा डी मारियाले पहिलो हाफमै आफ्नो पूर्व क्लबविरुद्ध रियलविरुद्ध दुई गोल गरे । यस्तै इञ्जुरी समयमा थोमस म्युनियरले अर्को गोल थपे । 

समूह ए अन्तर्गतको पहिलो खेलमै नमिठो हार ब्यहोरेपछि रियलको प्रशिक्षकमा गत सिजनको अन्त्यमा पूनरागमन गरेका जिनेदिने जिदानमाथि दबाब बढेको छ । यसै सिजनमा चेल्सीबाट अनुबन्ध भएका इडन हाजार्डले केही राम्रो अवसरहरु बनाएपनि गोलका लागि संघर्ष गरेको खेलमा पूर्व खेलाडी डी मारियाले चर्चा बटुले ।

च्याम्पियन्स लिगमा १००औं खेल खेलेका डी मारियाले खेलको १४औं मिनेटमा जुवान बर्नाटको कट ब्याक पासमा पोस्ट नजिकैबाट सुन्दर गोल गरेका थिए । ३३औं मिनेटमा मारियाले दोस्रो गोल गरे। इड्रिसा गाना गुयको पासमा २० यार्डबाट डी मारियाले गरेको प्रहारले जाली चुमेको थियो।

लगत्तै ग्यारेथ बेलले गोल गरेपछि रियल खेलमा फर्कने आशा गरिएको थियो । तर, रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहयता लिदा बेलको हातमा लागेको भन्दै उक्त गोललाई मान्यता दिएनन् । इन्ज्युरी समयको पहिलो मिनेटमा थोमस म्युनियरको गोलसँगै पीएसजीले रियलमाथि ३–० को शानदार जित हात पार्‍यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...