नेपाली वेलफेयर सोसाइटी युकेद्धारा म्याग्दीका पहिरो पीडितलाई वितरण

Myagdi help

म्याग्दी । बेलायत स्थित परोपकारी संस्था नेपाली वेलफेयर सोसाइटी युकेले म्याग्दीमा बाढीपहिरोले मृत्यु भएका तथा विस्थापित भएका ५५ घर परिवारलाई राहत उपलब्ध गराएको छ ।

सोसाइटीले असार २५ गते शुक्रबार राती आएको पहिरोले विस्थापित भएका मालिका गाउँपालिका –७, दुलेओडारका ५५ घर परिवारलाई एक महिना पुग्ने राहत स्वरुप प्रतिघर एक बोरा चामल, दुई लिटर तेल, दुई पोका नुन र दुई थान साबुन बितरण गरेको हो ।

सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीका अनुसार नेपाली वेलफेयर सोसाइटी युकेले यसअघि कोभिड–१९ ले प्रभावित लकडाउनका कारण समस्यामा रहेका नेपालको १३ जिल्लाका ४ सय ८२ बिपन्न घर परिवारलाई एक महिना पुग्ने राहत वितरण गरिसकेको छ । म्याग्दीसमेत गरी आजसम्म १४ वटा जिल्लाको ५ सय ३७ घरधुरीलाई राहत दिइएको उनले बताए ।

यसैगरी जुम कन्फ्रेन्स फेसबुक लाइभमार्फत् राहत वितरण गरिएको कार्यक्रम सञ्चालन रोयल बरो अफ ग्रीनह्वीच नेप्लिज सोसाईटी युकेका उपाध्यक्ष तथा एनआरएनए यूके सचिव जीत रानाभाटले सञ्चालन गरेका थिए ।

राहत वितरण कार्यक्रमका म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले कोरोनाको कहरबाट प्रताडित नागरिकलाई पहिरोले थप बिछिप्त र बिस्थापित बनाइरहेको सन्दर्भमा सस्थाले राहत उपलब्ध गराएर चहराइ रहेको घाउमा मलहम लगाउने काम गरेको बताए । म्याग्दीमा पहिरोमा परी २८ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता भएका छन् । दर्जनौ घर परिवार बिस्थापित र्भका छन् ।

काउन्सिल मेम्बर तथा रोशमोर बोरो काउन्सिल सदस्य तथा लेबर पार्टी सदस्य, अल्टरसर्ट युनियन युनिटीका अध्यक्ष ज्ञानोर अस्ट्रिनले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने महान कार्य गरेको भन्दै कार्यक्रममा उपस्थित गराउने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीलाई धन्यबाद दिइन् ।

राहत बितरणलाई नेपालबाट संयोजन गर्दै आएका नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयअन्तरगत उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले गत वैशाख महिनाबाट उदयपुरको भुल्केबाट सुरु गरिएको ‘बाँचौ र बचाऊ’ अभियान आज म्याग्दीको दुले ओडारसम्म पुगेर सोसाइटीले मानव सेवामा गरेको सहयोग अतुलनीय रहेको बताए ।

स्थानीय रुपमा राहत बितरणको संयोजन तथा हस्तान्तरण मालिका गाउँपालिका उपप्रमुख खरमाया बिटालु, वडाध्यक्ष रेशमबहादुर जुग्जाली, दलित नेता पुष्कर बिश्वकर्मा, नेतृ सृजना बिश्वकर्मा लगायतले गरेका थिए ।

सो कार्यक्रमका पूर्व अञ्चल प्रशाषक उत्तर टमटा, रास्ट्रिय युवा संघका भोजबहादुर थापाकिसान सार्की, जनता समाजबादी पार्टीका यम किसान सार्की, दलित युवा सन्जाल म्याग्दी जिल्ला साखाका अध्यक्ष, म्याग्दी ओवरसिस नेप्लिज एसोसिएसन युकेका अध्यक्ष तथा हाम्रो नेपाली समाज वेस्टमिडल्याण्ड युकेकी अध्यक्ष गोमा पौडेल, उपाध्यक्ष भिम शर्मा, बिश्वकर्मा वेलफेयर सोसाईटी युकेका अध्यक्ष कुमार सुनार, दिदिबहिनी समुह युकेका प्रतिनिधिहरु सारदा थापा, माया केसी, लक्ष्मी बस्नेत, मगर संघ युकेका लालबहादुर पुन, लन्डन नेपाल न्युजका प्रधान सम्पादक शिब भण्डारी, पत्रकार बादल शाही समेतको उपस्थित रहेको थियो ।

 

प्रतिकृया दिनुहोस