रेखाले कसलाई भनिन् ‘दाँतैमा रहेछ मोहनी ?’ भिडियोसहित

Bataima rhaecha

काठमाडौं । गायीका रेखा शाहले ‘बाटोमै रहेछ तिम्रो घर’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

राजनराज शिवाकोटीको शब्द र संगीतमा तयार भएको ‘बाटोमै रहेछ तिम्रो घर’को संगीत संयोजन भने राजन इसानले गरेका छन् ।

पछिल्लो समय नेपाली गीतको म्युजिक भिडियो निक्कै खर्च गरेर बनाइन्छ । छायांकनकै क्रममा अनेक दृष्य खोजिन्छ । तर, ‘बाटोमै रहेछ तिम्रो घर’ मा एउटै लोकेसनमा सिंगो गीत छायांकन गरिएको छ । यसले ‘दृष्य एक, घटना अनेक’ भनेझै नेपाली नाटकको संकेत दिन्छ । जसलाई कलात्मक बनाउनुपर्छ भनेर कन्सेप्ट बनाउने काम गरेकी छन् निर्जला खनालले ।

नितिन चन्दले निर्देशन गरेको ‘बाटोमै रहेछ तिम्रो घर’ मा ‘गलबन्दी’ मा निक्कै लजालु स्वभाविकी नारीको भुमिकामा रहेर चर्चा बटुलेकी अञ्जली अधिकारीको अभिनयले ‘गलबन्दी’ को झल्को दिन्छ । उनीसँगै महेश खड्कले जीवन्त अभिनय गरेका छन् ।

रेशा शाह फाउण्डेसनको प्रस्तुती रहेको यो गीत बुधबार मात्रै सार्वजनिक भएको छ । १५ वर्षको उमेरमा सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखा शाहले लामो समय नेपाली गीत संगीतमा बिताएकी छन् ।

लोक गीतबाट सुरु भएको उनको यात्रा आधुनिक, पाश्चात्य, फ्युजन हुँदै गीतका विविध विधामा फैलिंदै छ । शाहका आधा दर्जन गीति एल्बम निस्किएका छन् । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...