विना निष्कर्ष टुंगियो बालुवाटार बैठक, ओली र प्रचण्ड आफ्नै अडानमा रहँदा थप अन्यौल

Kp prachanda

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ । दिउँसो ४ बजे सुरु भएको भेटवार्ता बेलुकी ७ बजे सकिएको छ ।

दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बैठक निष्कर्षविहीन सकिएको छ । बालुवाटारमा सवा चार बजेदेखि बसेको बैठकमा दुवै नेताले पुरानै अडान कायम राख्दा सममति नजुटेको हो ।

माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गएका थिए । दुई अध्यक्षबीचको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

पार्टी एकताको वातावरण बनाउने प्रक्रियादेखि नै ओली र प्रचण्डको सहमतिका साक्षी र मस्यौदाकार रहँदै आएका पौडेल र शर्मा शनिबार राति राष्ट्रपति भवनमा पनि सँगै थिए ।

सचिवालय बैठकबाट राष्ट्रपति भवन शीतल निवास पुगेपछि प्रचण्डले आफू परिबन्धमा परेर त्यहाँ गएको आइतबार बिहान अन्य नेताहरुलाई प्रष्टिकरण दिएका थिए ।

पार्टीभित्रका विवादको कारणको कारणले असार १० गतेबाट चलेको स्थायी कमिटी बैठक आजसम्म आइपुग्दा ७ पटक स्थगित भइसकेको छ । साउन ६ गतेको लागि बैठक बोलाइएको छ ।

विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

पार्टीको अर्ली महाधिवेशन, पछिल्लो समय देखिएका विवादका अन्य विषयमा छलफल गर्न अध्यक्षद्वयबीच भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए ।

शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए ।

माधव नेपालसहितका नेताहरुसँग भेट्नुअघि प्रचण्डले आज विहान उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग अलग अलग छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...