शेयर मार्केट : ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार

Share market badhyo

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा सेयर बजार सकारात्मक सर्किट ब्रेक लागेको छ ।

आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंकले बढेको छ । सेयर बजारमा कारोबार हुने उपसमूहमध्ये म्युचल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।

आइतवार शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि पूरै दिनका लागि कारोबार बन्द गरिएको छ । कारोबार सुरु भएको ७ मिनेट नहुँदै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेबित्तकै १ मिनेटमै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लगाइएको थियो । दोस्रो सर्किट लागेको ४० मिनेटपछि खुलेको बजार एक मिनेटमा फेरि १ प्रतिशतले बढेपछि आजका लागि पूरै कारोबार बन्द भएको हो ।

आइतवार नेप्से ८४.५६ अंक बढेर १४७९.०३ बिन्दुमा पुगेको छ । आज एक सय ११ कम्पनीका एक लाख ८० हजार कित्ता शेयर ६ करोड २५ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आजको बजारमा २२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...