साउन महिनालाई भगवान शिवको प्रिय महिना किन भनिन्छ ? यस्तो छ कारण

Green chura

काठमाडौं । हामीले दैनिक सुन्दै र मान्दै आएको बार, गते र महिनाको पनि अर्थ छ नेपाली पञ्चाङ्गअनुसार साउन चौथो महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो ।

श्रावण शब्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ । श्रुतिको अर्थ नै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरूले आम मानिसलाई सुनाए । त्यसैले श्रावण अर्थात् साउन महिनालाई पवित्र मानिएको हो ।

शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघे संक्रान्तिसम्म रहन्छ ।

ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूणिर्माका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।

साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ ।

यसलाई आदिगुरु भगवान् शिवको प्रिय महिना पनि मानिन्छ । श्रवण नक्षत्र तथा सोमवारलाई भगवान् शिवको प्रिय महिना मानिन्छ । त्यसैले यो महिनामा शिवलाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवं रुद्राभिषेकका साथै सोमवारका दिन व्रत बस्ने गरिन्छ ।

साउन महिनाका सबै दिन उत्तिकै पवित्र हुने भए पनि सोमबारलाई अझ विशेष मान्ने चलन छ । यसबाहेक साउनमा नागपञ्चमी, मंगलचौथी, घण्टाकर्ण चतुर्दशी, जनैपूणिर्मा, गाईजात्रा आदि पर्व पर्छन् ।

साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । सनातन धर्मावलम्बीहरूले साउन महिनाभर माछा–मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ ।

५५८ वर्षपछि यस्तो संयोग 

ज्योतिषहरुका अनुसार सयौ वर्षपछि श्रावणमा अ’द्भु’त संयोग बनेको छ । श्रावण महिनामा ५ सय ५८ वर्षपछि ४ वटा ग्रहको व’क्र योग परेको छ । श्रावण महिनामा योपटक गुरु, शनि, रा’हु तथा केतुको ब’क्र परेको छ । अर्थात यी ग्रहहरुको चाल उल्टो हुनेछ ।

सिंह र कुम्भ राशि भएकाहरुलाई यो संयोग सबैभन्दा शुभ रहनेछ । ५ सय ५८ वर्ष पहिला अर्था १४६२ मा यस्तै संयोग बनेको थियो । यसको प्रभाव श्रावण महिनाभरी रहने छ । ज्योतिषाचार्य पण्डित मनिष शर्माका अनुसार गुरु, शनि, राहु तथा केतु चार ग्रह एक साथ बक्र रहेछन् ।

५५८ वर्ष पहिला पनि गुरु शनि राहु के’तु एक साथ श्रावण महिनामा आएका थिए । त्यस समय गुरु स्वयंको राशि धनुमा वक्र, शनि आफ्नो राशि मकरमा वक्र, राहुन मिथुनमा र केतु धनू राशीमा ब’क्र भएको थियो ।

यी राशिलाई हितकर महिना
मेष : श्रावणको महिनामा मेष राशि भएकाहरुको साहस र पराक्रम बढ्नेछ । सम्पर्क र सामाजिकता राम्रो हुनछ । घर परिवारमा सुख शान्ती र सहजता हुनेछ । भवन, वाहनको अभिलाषा बढ्नेछ । कार्यक्षेत्र सँग सम्बन्धित महत्वूर्ण कामम पूरा हुनेछन् ।

वृष : वृष राशिका लागि पनि श्रावण महिना राम्रो हुनेछ । यो पटक चार वटा सफलता तर्फ वृष राशि भएकाहरु उन्मुख हुनेछन् ।

राम्रो आयोजनामा प्रमुखताका साथ सहभागीता, धर्म संस्कार र अनुसन्धानमा सफता । महिनाको सुरुवातामा नयाँ साधनमा ध्यान जानेछ । वाणी व्यवहारको प्रभाव बढ्नेछ । महिनाको अन्तिममा साहस र पराक्रमले नयाँ सफलता हात पर्नेछ ।

मिथुन स् श्रावण महिना केही नयाँ उपलव्धि आर्जित गर्न सहायक हुनेछ । स्वास्थ्यलाई भने ध्यानमा राख्नुपर्नेछ । नियमअनुशासन अपनाउँदा फाइदा पुग्छ । सक्रियताको लाभ हुनेछ । प्रशासनिक काममा सपफता मिल्छ । बोल्नु भन्दा धेरै काम गरेर देखाउनुहोस् । महिनाको शुरुवातमा मेहनतको बलमा अअपेक्षित सफलता हात पर्ने छ भने उत्तरार्धमा रहन सहन र खानपानमा ध्यान दिन आवश्यक छ । यो महिनामा तपाईको निर्णय क्षमता बढ्नेछ ।

कर्कट : यो राशि भएकाहरुलाई श्रावण महिना उत्तरोत्तर शुभकारक छ । मेहनत लगन तथा दूरदर्शी लागानीले अपेक्षित परिणाम दिनेछ । यी राशि भएकाले यो महिना सक्रियता बढाउनेछन् भने अनुशासनमा जोड दिनेछन् । महिनाको सुरुवातमा खर्च वृद्धि हुनेछ । चाप्लुसी गर्नेहरुबाट सर्तक हनु होला । उत्तरार्धमा आर्थिक रुपमा सफता प्राप्त हुनेछ । क्रो’धलाई नियन्त्रण गर्नुभएन भने समस्या देखिने योग छ ।

सिंह : श्रावण महिनामा तपाइएको आर्थिक गतिविधी बढ्नेछ । क्षमता प्रदर्शनको अवसर प्राप्त हुने छ । साथीहरुको साथले काम बन्ने छ । प्रेम सम्बन्ध प्रगाढ बन्ने छ । पूर्वार्धमा करियर, जागिर र कारोबारमा तपाईले विशेष ध्यान दिनुहुनेछ भने लाभको प्रतिफल उच्च हुनेछ ।
महिनाको अन्तिमा स्वयं र नजिकका लागि तपाईले समय निकाल्नुहुनेछ ।

कन्या : श्रावणमा कार्यक्षेत्रमा नयाँ संभावनालाई बल दिने सम्भावना छ । पदोन्नती एवं सकारात्मक परिवर्तन सम्भव देखिएको छ ।
प्रशासनिक समस्या समाधान हुनेछन् । सम्पत्ति सम्बन्धी कार्य पक्षमा हुनेछन् ।

तुला : धर्म मनोरञ्जनमा रुची बढ्ननेछन् । सानो प्रयासमा पनि काम बन्ने छ । अवसरहरु आउनेछन् तर त्यसलाई ध्यान दिन जरुरी छ । यो महिनामा थप अनुशासन र समयको व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

वृश्चिक : परीक्षामा सफलता प्राप्त हुने योग छ । अनुशासन तथा आत्मनियन्त्रणका साथ अघि बढ्न जरुरी छ । यो समयमा तपाईले मुस्किल लाग्ने कामलाई पनि सहजता पाउनुहुनुनेछ । तर विनम्रता र काममा निरन्तरतामा कमी आउनेछ त्यसलाई विशेष ध्यान दिन जरुरी छ ।

धनु : यो महिना घरपरिवारसँग सामिप्यता बढ्नेछ । साथीको भनाइलाई महत्व दिनुपर्ने देखिएको छ । दाम्पत्यमा पारदर्शिता तथा प्रेम बढ्नेछ । कुनै पनि कामका लागि राम्रो प्रस्ताव प्राप्त हुने सम्भावना रहेको छ । पूर्वार्धमा करियर कारोबारमा व्यस्तताले सम्झौताका लागि प्रेरित गर्नेछ । उत्तरार्धमा गरिमा, गोपनीयतालाई ध्यान राख्नुपर्ने देखिएको छ । स्वास्थ्य प्रभावित बन्न सक्छ ।

मकर : निजी जीवनमा सुख बढ्नेछ । संघर्षमा सफलता मिल्नेछ । नयाँ सम्भावनालाई बल दिनेछ । व्यक्तिगत समस्या समाधान हुन । तपाईलाई लाभ हुनेछ । मेहनत था लगनबाट स्वयंका लागि उचित अवसर निर्माण गर्न सक्छ ।

कुम्भ : सम्बन्धमा मधुरता प्राप्त हुनेछ । यो महिना साहस सक्रियता थत सटीकता बढाउने छ । परीक्षामा सफलता, साथीहरुको सहयोग मिल्नेछ । भ्रमण र मनोरञ्जनको योछ । काम व्यवसायमा केही मात्रामा सफता हुनेछ । पूर्वार्धमा सन्तानको शुभ समाचार आउनेछ । स्वास्थ्य भने केही प्रतिकुल हुनेछ ।

मीन : शिक्षा प्रेम तथा सन्तान पक्ष राम्रो रहेको छ । तर घरेलु समस्यामा बादविवादमा वा बहसमा उत्रनुबाट बच्नुहोस् । अप्त्याशित असहजताबाट बच्नका लागि अनुशासन मा जोड दिन अआवश्यक छ ।

पूर्वार्धमा जिद्दी र पूर्वाग्रहबाट बच्नुहोस् । उत्तरार्धमा व्यक्तिगत प्रदर्शनमा सुधार आउनेछ । दाम्पत्य जीवन शुखमय हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...