खुमलटार बैठकमा किन गएनन् बामदेव र नारायणकाजी ? यस्तो छ कारण

Prachand niwas khumaltar

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको छलफलमा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ अनुपस्थित भए । सचिवालय भित्रका यी दुई सदस्यको अनुपस्थितीलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।

मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असम्भव भएको बताएका छन् ।

उपाध्यक्ष गौतमले प्रचण्डसँग बिहान एक्लै भेटेका छन् । महासचिव पौडेलले पनि संकट समाधानको पहल भन्दै प्रचण्डलाई भेटेका छन् । खुमलटारमा बोलाइए पनि गौतम र बादल अर्थपूर्णरुपमा नगएको आरोप माधव नेपाल पक्षका केही नेताहरुले लगाएका छन् ।

बामदेव र बादललाई महासचिव विष्णु पौडेलले पछिल्लो ओलीको प्रस्थावमा सहमत गराएका छन् । त्यहीँ कारणले गर्दा अर्थपूर्णरुपमा खुमलटार छलफलमा दुवैजना नगएका हुन् ।

मंसिरमा महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएपछि आफ्नै गुटमा आलोचित बनेका नेकपा अध्यक्ष प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर ओलीसँगको कुराकानीबारे प्रष्ट्याउन आफु निकटका नेताहरुलाई खुमलटार बोलाएका थिए ।

ओलीले तत्काल आफूमाथिको संकट टार्न महाधिवेशनको बल्छी फालेको नेपाल पक्षको बुझाइ छ । प्रचण्डसँग माधव नेपाल असन्तुष्ट बनेपछि खुमलटारमा पुनः छलफल भएको हो । अपराह्न स्थायी कमिटी बैठक बस्ने भनिए पनि अन्योल कायमै छ ।

बैठकमा महाधिवेशन लगायत प्याकेज सहमतिको प्रस्ताव पेस गर्ने भनिए पनि प्रचण्डले आफ्नो समूहका नेतासँग परामर्श थालेपछि बालुवाटार झस्किएको छ ।

प्रतिकृया दिनुहोस