नाबालिका छोरीलाई पटक–पटक बलात्कार गर्ने बावु पक्राउ

Arest

काठमाडौँ । १२ वर्षीया आफ्नै छोरीलाई बलात्कार गर्ने बावु पक्राउ परेका छन् । नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक बलात्कार गरेको आरोपमा बावुलाई पक्राउ गरिएको हो । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका–८ मा डेरा गरी वस्ने बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आरोपितले पटक – पटक नाबालिका छोरीलाई करणी गरेको स्थानीयले चाल पाएका थिए । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी करणी गरेको स्थानीयले पुनःजानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाई नियन्त्रणमा लिइएकोे जिल्लाका डिएसपी राकेश थापाले बताए । १२ वर्षीया नाबालिका छोरीलाई करणी गरेको आरोपमा बावुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...