साउन ८ गतेसम्म ठूला ७ नदीका तटीय क्षेत्रका मानिसलाई सतर्क रहन सरकारको अपिल

Duban news foto

काठमाडौं । लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनिरहेको बेला फेरि ५ दिनसम्म भारी वर्षा हुने भएको छ । मनसुन सुरु भएयता देशका विभिन्‍न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ ।

आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ ।

मुलुकभर भारी वर्षा हुने भन्दै आगामी साउन ८ गतेसम्म ठूला ७ नदीका तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई सरकारले सतर्क रहन अपिल गरेको छ ।

पानीका मुहानहरू सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

हिउँदमा बिना इन्जिनियरिङ खनेका सडकले जमिनको सतह हल्लाएर पहिरोको जोखिम बढाएको र मनसुनका बेला खोलाखोल्सी हुँदै खहरेमा भेल आउँदा त्यसको असर ठूला नदीको बहावमा पर्न गएको प्राधिकरणले जनाएको छ ।

प्रदेश २ का ८ वटै जिल्ला डुबानको उच्च जोखिममा छन् । विशेषगरी रातको समयमा बढी सतर्क रहन सरकारले तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको हो ।

आगामी ५ दिनसम्म मनसुनमा बदली भई भारी वर्षाका हुने र यसबाट कन्काई, सप्तकोसी, कमला, वाग्मती, नारायणी, भेरी–बबई र पश्चिम राप्तीमा बाढी आउने भन्दै गृह मन्त्रालयले तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान भनेको हो ।

प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ का जिल्ला हुँदै बग्ने ठूला तथा सहायक नदीमा पानीको सतह बढ्ने र यसले बाढी र डुबानको जोखिम निम्त्याउने पूर्वानुमान छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुरक्षा निकायसहित स्वयंसेवक, स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि तयारी हालतमा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई स्वयं सतर्क रहन आग्रह गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जोखिमबाट बच्न पाहुना लागेर भएर पनि सुरक्षित स्थानमा जान प्रभावित क्षेत्रका नागरिकलाई सुझाव दिए । ‘सम्भावित विपद्विरुद्ध जुध्न खोजरउद्धार र क्षति न्यूनीकरणका सबै उपाय अपनाइए पनि सर्वसाधारण आफैं सचेत हुन आवश्यक छ, खासगरी रातको समयमा बढी सतर्क हुनुपर्छ,’ उनले भने, ‘साउन ८ सम्म भारी वर्षा हुने र यसबाट बाढी र डुबानको बढी जोखिम छ ।’

विपदबाट ४ सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण २ जनाको मृत्यु भएको छ। देशका विभिन्‍न ३३ जिल्लामा विपद्बाट मानविय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...