प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीको पुत्ला दहन

Olivip

रौतहट । पुरुषोतम मर्यादा भगवान श्रीरामको जन्मस्थल नेपालको पर्सा स्थितको ठोरी नामक ठाउँमा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध रौहतटको सदरमुकाम गौरमा बिरोद्ध प्रदर्शनसँगै ओली र चिनियाँ राजदूत होउ यान्छीको पुत्ला समेत दहन गरिएको छ ।

पौरानिक काल देखिको सम्बन्धमा चिसोपन उत्पन्न भएको भन्दै हिन्दु परिषद नेपाल रौतहट कार्य समिति द्धारा रौतहटको गौरमा विभिन्न नारा सहित प्रदर्शन गरेको हाे ।

नेपाल भारतको रोटीको सम्बन्ध माथि हचुवाको भर्मा देशको गरिमामय पदमा बसेका एक जिम्मेवार व्यक्ति नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीराम नेपाली रहेको आशयको अभिव्यक्ति दिएपछि परापुर्वकाल देखिको नेपाल भारत ऐतिहासिक मजबुत सम्बन्धमा दरार आउने खतरा देखिएको छ ।

दुई तिहाइको सरकार र प्रधानमन्त्री ओलीले ठेस पुर्याएको छ । कोणासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सदियौंदेखिको रहेको सम्बन्धलाई कुतर्क गरेर तोड्न खोजेको भन्दै हिन्दू परिषद नेपाल रौतहटको जिल्ला संयोजक ओमप्रकाश साह मधेशीयाले बताएका छन ।

ओलीको बिरुद्धमा प्रदर्शन गर्नेहरुले हिन्दू धर्म माथिको आक्रमण बन्द गर, ओमकार परिवार एक होऔा, हिन्दू राष्ट्र कायम गर, धर्म बेच्न दलाल नेताहरु मुर्दाबाद, पुरुषोतम मर्यादा भगवान श्रीरामलाई बाडन पाईदैन, धर्म निरपेक्षताको आडमा गुण्डागर्दी बन्द गर, प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अभिव्यक्ति फिर्ताले, नेपाली नागरिकको पहिचान सहितको हिन्दू धर्म कायम गर, जय श्रीराम, जय सिराम, नेपाल भारतको सम्बन्ध अमर रहे, भन्दै नारावाजी गरेका थिए ।

प्रदर्शनमा हिन्दू परिषद नेपाल रौतहटका प्रवक्ता अभिमनु कुमार पटेल, ग्रिसनन्दन सिंह, संजय कुमार यादव, राजीव कुमार सिंह, सत्येन्द्र प्रताप सिंह, मोसाफिर राय यादव, अरबिन्द कुमार यादव, अशोक सिंह, हनुमत यादव, कृष्ण यादव, जितन यादव लगायत समाजका अगुवाहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...