कट्टु सानो सिलाउँदा प्रहरीमा उजुरी ! पत्याउनै कठिन

Machine

काठमाडाैं । पसलेले खराब सामान दिएको र त्यस्तो सामान फिर्ता लिन नमानेको जस्ता गुनासाहरु ग्राहकहरुले गर्ने गर्दछन् । तर कट्टु सानो सिलाइदिएको भन्दै सूचिकारविरुद्ध प्रहरीमा उजुरी दिएको चाहिँ अहिलेसम्म सुनिएको थिएन ।

भारतमा हालै एकजना व्यक्तिले आफ्नो कट्टु सानो सिलाइदिएको भन्दै एक जनाले कट्टु सिलाउने व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

भारतको भोपालस्थित हबिबगञ्जका कृष्ण कुमार दुबेले एकजना छिमेकी सूचिकारलाई दुई मिटर कपडा दिँदै आफ्नो लागि कट्टु सिलाइदिन लगाएका थिए ।

सूचिकारले कृष्णकुमारका लागि कट्टु त सिलाइदिए तर कट्टुको साइज कृष्णलाई सानो भयो । कट्टु सानो भएको भन्दै त्यसको धागो उधारेर केही खुकुलो बनाइदिन उनले सूचिकारसँग आग्रह गरे। तर सूचिकारले उनको आग्रह अस्विकार गरे ।

दुई मिटर कपडा दिँदासमेत आफूलाई अट्ने कट्टु नसिलाइदिएको झोँकमा कृष्णले ती सूचिकारविरुद्ध प्रहरीमा उजुरी हाले । प्रहरीमा दिएको लिखित उजुरीमा उनले सूचिकारविरुद्ध कानूनी कारवाही गर्न माग गरेका छन् ।

त्यो अनौठो उजुरी देखेर पुलिस पनि छक्क पर्यो । एकछिनको विचार विमर्शपछि पुलिसले त्यस्तो उजुरी दर्ता गर्न नसकिने भन्दै सूचिकारबाट क्षतिपूर्ति चाहिएमा अदालतमा मुद्दा हाल्नका लागि कृष्णकुमारलाई सल्लाह दिएको बताइएको छ ।

प्रहरीको त्यस्तो सल्लाहपछि ती व्यक्ति सूचिकारविरुद्ध अदालतमा गए वा गएनन् भन्नेचाहिँ खुलेको छैन । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...