मध्यरातमा सुतिरहेका नेकपा नेतामाथि बम प्रहार

Boom

काठमाडौँ । सिरहाको औरही गाउँपालिका–५ मा मध्यरातमा सुतिरहेका नेकपा नेतामाथि बम प्रहार गरिएको छ । नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको हो । राती घरमा सुतिरहेका बेला नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।

नेता यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम रहेको जिल्ला अस्पतालमा लगिएको छ । बम कसले र किन प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...