यस्तो छ नेपाल आइडल सिजन ३ को तयारी, यी ६ सहरमा हुँदैछ अडिसन

Nepal idol season3 20190916110631

काठमाडौं । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडलुको तेश्रो संस्करण घोषणा भएको छ । एपी वान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडलको पहिलो र दोश्रो संस्करणको सफलतापछि तेश्रो संस्करणको तयारी भएको हो ।

यो सिजनका लागि देशका मुख्य ६ वटा सहरमा अडिसन हुँदैछ । मंगलबार पोखरादेखि सुरु हुने अडिसन कात्तिक ६ गते काडमाडौंबाट टुंगिने छ । बुटवलमा ३ असोज, नेपालगञ्जमा ६ असोज, वीरगन्जमा १० असोज र विर्तामोडमा १४ असोजमा अडिसन हुँदैछ । मंगलबार पोखराको सिमालचौरस्थित जनप्रिय माविमा अडिसन हुनेछ ।

१६ देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउनेछन् । अडिसनमा सहभागी हुन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको फोटोकपी पेस गर्नुपर्ने छ । अडिसन बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने नेपाल आइडलका प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

कसरी सहभागी हुने नेपाल आइडलमा ?

फर्म भर्न र प्रतियोगितमा भाग लिन कुनै शुल्क लाग्ने छैन । नेपाल आइडल सिजन ३ को निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था आयोजकले संस्थाले गरेको छ । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत नेपाल आइडलमा भाग लिन सक्नेछन् ।

नेपाल आइडलका प्रस्तोतामा आसिफ शाह फाइनल भए पनि उनका सहकर्मी तय हुन केही दिन लाग्ने कार्यक्रम निर्देशक एलन श्रेष्ठले बताए । मंसिरतिरबाट कार्यक्रम प्रशारणमा आउने उनको भनाइ छ । पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...