कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

Corona test19

काठमाडौँ । पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७२६ पुगेको छ । नयाँ पहिचान भएकामा दैलेखका पाँच, जाजरकोट, सल्यानका दुईदुई, मुगु, सुर्खेत र रुकुम पश्चिमका एक जना रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो चौबिस घण्टामा १३ जना सङ्क्रमित कोरोना निको भई घर फर्किएको बताए । प्रदेश अस्पताल सुर्खेतबाट एक, नारायण आइसोलेसन सेन्टरबाट एक, महाबु आइसोलेसन सेन्टरबाट दुई, बनगाड कुपिन्डे आइसोलेसन सेन्टरबाट नौ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ४८८ पुगेको छ ।

हाल कर्णालीमा २३२ जनामात्र कोरोनाका सक्रिय बिरामी छन् । उनीहरुको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...