जरुरत ‘दलाल तथा नोकरशाही पुँजीपति’ विरुद्ध संघर्ष ट्रेड युनियनको

Kumar panta -  कुमार पन्त 

आजको अवस्थालाई नजिकबाट नियाल्ने हो भने नेपाली ट्रेड युनियन आन्दोलनलाई वर्तमान सामाजिक अवस्था अनुसारको ट्रेड युनियन बनाउनसमग्र ट्रेड युनियनकर्मी, ट्रेड युनियन आन्दोलनका नेतृत्वहरुले गम्भिर विमर्श र समाजको वर्तमान अवस्थालाई बुझ्न जरुरी हुन्छ । वर्तमान नेतृत्वले ठोस विश्लेषण गरी अबको ट्रेड युनियन आन्दोलनको बाटो निर्धारण गर्न जरुरी छ । नेपालमा नयाँ संविधान निर्माण भएसँगै नयाँ राजनीतिक प्रणाली कार्यन्वयनको चरणमा रहेको छ । यो प्रणालीले नेपालको अबको राजनीतिक गन्तव्य समाजवाद हो भन्ने कुरालाई संवैधानिक रुपले स्वीकार गरिसकेको छ । संविधानमा लेखेर वा ठूला नेताले भाषण गरेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ । यसका निमित्त उचित पहल, कार्यक्रम पार्टी, जनसंगठन तथा समुदायसम्म हुन जरुरी छ ।

अबको ट्रेड युनियन आन्दोलन
आजको अवस्थालाई नजिकबाट नियाल्ने हो भने नेपाली ट्रेड युनियन आन्दोलनलाई वर्तमान सामाजिक अवस्था अनुसारको ट्रेड युनियन बनाउन समग्र ट्रेड युनियनकर्मी, ट्रेड युनियन आन्दोलनका नेतृत्वहरुले गम्भीर विमर्श र समाजको वर्तमान अवस्थालाई बुझ्न जरुरी हुन्छ । वर्तमान नेतृत्वले ठोस विश्लेषण गरी अबको ट्रेड युनियन आन्दोलनको बाटो निर्धारण गर्न जरुरी छ ।

नेपालमा नयाँ संविधान निर्माण भएसँगै नयाँ राजनीतीक प्रणाली कार्यन्वयनको चरणमा रहेको छ । यो प्रणालीले नेपालको अबको राजनीतिक गन्तव्य समाजवाद हो भन्ने कुरालाई संवैधानिक रुपले स्वीकार गरिसकेको छ । संविधानमा लेखेर वा ठूला नेताले भाषण गरेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ । यसका निमित्त उचित पहल, कार्यक्रम पार्टी, जनसंगठन तथा समुदायसम्म हुन जरुरी छ । पार्टी संगठनमा आचरण र व्यवहार, पार्टी दलालीकरण प्रसय दिने खालको भइरहेमा समाजवाद मिठो कल्पनाबाहेक अरु हुन सक्दैन ।

नेपालमा ठुला दुई ओटा ट्रेड युनियन बीचमा एकता ऐतिहासिक चरणमा पुगिरहेको छ । यस अवस्थामा नेपाली ट्रेड युनियन आन्दोलनलाई कता लैजाने हो, यसको आगामी कार्यक्रम समाजवादी राजनीतिक प्रणालीलाई सहयोग पुग्ने खालको बनाउने हो वा गोलचक्करवादी ट्रेड युनियन निर्माण गर्ने हो यो विषयसमेत ट्रेड युनियन महासंघहरुको एकता त्यसले अबलम्बन गर्ने नीति संगठनात्मक श्रृंखला र पद्धतिले मुलभुत रुपमा निर्धारण गर्ने निश्चित छ ।

यस एकतालाई सामान्य अर्थको पार्टी एकता पछाडी हुने जनसंगठनको एकताको रुपमा मात्र बुझियो भने नेपाली ट्रेड युनियन आन्दोलन ट्रेड युनियनवादी गोलचक्करमा फस्ने र नेपाली परिवर्तनप्रेमी अग्रगामी श्रमिकहरुले विकल्प खोज्ने कुरालाई अस्वीकार गर्न सकिँदैन । इतिहासको पुनरावृती हुँदैन, विकास हुन्छ भन्ने वैज्ञानिक नियमलाई हामीले समयमै बुझ्न जरुरी छ । पेरिस कम्युनको पतनपछि क.कार्ल माक्सले एउटा अन्तरवार्तामा पेरिस कम्युनको पतन पछाडी कम्युनिस्ट आन्दोलनले के शिक्षा लिने ? भन्ने प्रश्नको उत्तरमा भन्नुभएको थियो ।

सत्ता कब्जा गरेर मात्र नयाँ राजनीतिक प्रणाली सफल हुन सक्दैन, सफल हुन सबै संयन्त्र नयाँ हुन जरुरी हुन्छ । त्यसैले अब एकीकृत हुने ट्रेड युनियन महासंघले विगतमा अलग–अलग हुँदाको दुबै ट्रेड युनियनको सकारात्मक कुरालाई आत्मसात गर्न र नकारात्मक कुरालाई कडाईको साथ अस्वीकार गर्न जरुरी छ । नीति, संगठन र आचरणका हिसावले हामी एकताबद्ध हुन जरुरी छ । त्यसैले यस एकताको युगिन क्षणमा नीति, संगठन र ट्रेड युनियन आचरण सम्बन्धि केही सुझावको रुपमा यस लेखमा चर्चा गर्न खोजिएको छ ।

कस्तो बनाउने ? 
१. नेपालको संविधानमा नेपालको राज्य व्यवस्था समाजवाद उन्मुख हुनेछ भनेर अबको नेपालको राजनीतिक प्रणाली कता जाने भनेर स्पष्ट मार्गनिर्देशन छ । त्यसैले पनि ट्रेड युनियनले पनि समाजवाद उन्मुख नीति निर्माण गर्न जरुरी छ । त्यसका निमित्त दलाल तथा नोकरशाही पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई हेर्ने दृष्टिकोण स्पष्ट बनाउन जरुरी छ । दलाल तथा नोकरशाही पुँजीलाई निशाना बनाउने र राष्ट्रिय पुँजीको संरक्षण गर्ने नीति बन्न जरुरी छ । सबै प्रकारको पुँजीलाई हेर्ने दृष्टिको समान बनाउँदा घातमेल गरी बुझ्दा त्यसले ट्रेड युनियनको आन्दोलनमा असर पर्ने कुरा विचार गर्न जरुरी छ । अबको ट्रेड युनियन आन्दोलनको नारा ‘दलाल तथा नोकरशाही पुँजीपतिविरुद्ध संघर्ष केन्द्रित गर्ने, राष्ट्रिय पुँजीको रक्षा गर्दै उत्पादन र रोजगारी सिर्जनाको लागी ट्रेड युनियन आन्दोलन भन्ने भावमा हुनुपर्दछ ।

२. नेपाली ट्रेड युनियन आन्दोलको एतिहासिक उपलब्धिको रुपमा योगदानमा आधारित समाजिक सुरक्षा ऐन जारी हुनु र कार्यान्वयनको प्रक्रियामा अगाडी बड्नु हो । यसको सफल कार्यान्वयनले मात्र ट्रेड युनियन आन्दोलनको औचित्य सावित हुने कुरालाई ट्रेड युनियनक्रर्मीले झुल्नुहुँदैन । नयाँ श्रम ऐन पनि सम्झौताको साझा दस्तावेज हो । नयाँ श्रम ऐनले स्थापना गर्न खोजेको सकारात्मक पहललाई उजागर गर्न जरुरी छ । सम्झौताको दस्तावेज हुनको नाताले पक्कै यो मजदुर हित विपरितका दफाहरु यसमा समावेश छन् । ट्रेड युनियनले त्यस्ता दफा सच्याउन संगठनात्मक विधिपुर्वक पहल गर्न जरुरी छ । आज ट्रेड युनियनलाई सकरात्मक पाटोको रुपमा हाम्रो पार्टी सरकारको नेतृत्वमा छ, सदनमा हाम्रो बहुमत छ, कुटनीतिक तथा राजनीतिक पहल ठिक ढंगबाट गर्दा श्रम कानुन संशोधनको काम सहजरुपमा गर्ने अवस्था रहेको छ ।

आफुलाई क्रान्तिकारी देखाउने नाममा गलत तरिकाबाट व्याख्या गर्ने कामले त क्रान्तिकारी देखाउँला अन्ततोगत्वा त्यसले हाम्रो विरोधी वर्गलाई हित पुर्याउँछ । यस कुरामा महासंघको ध्यान जान जरुरी छ । श्रम ऐन समग्रमा नै गलत मात्र छ भन्ने बुझाइले श्रमिकको यसमा भएको सकरात्मक व्यवस्थामा समेत विश्वास गुम्ने, श्रमिकलाई निराशा बनाउने र अन्तमा ट्रेड युनियनको आन्दोलनप्रति नै विस्वास गुम्ने अवस्थाको सिर्जना हुनसक्छ । आधा सताब्दीदेखिको ट्रेड युनियनको ठुलो संघर्षको प्राप्त सामाजिक सुरक्षा लागुमा समेत आशंका पैदा हुने अवस्था हुन्छ । त्यसैले संगठनको पद्धतिअनुसार यसको गलत व्यवस्थाको बारेमा छलफल गर्ने विधिसंगत रुपमा यसलाई संसोधन प्रक्रिया अगाडी बढाउनुपर्दछ । अन्यथा सामाजिक सञ्जालमा र गफहरुमा गरिने कुराले पुँजीपतिलाई नै फाईदा पुग्ने निश्चित छ ।

३. सरकारमा जुन पार्टी भए पनि ट्रेड युनियन र सरकारको सम्बन्ध मुलत संघर्षपूर्ण हुने कुरा नीतिगत रुपमा स्पष्ट हुन जरुरी छ । नेपालको ट्रेड युनियनलाई सधैं लाग्ने आरोप भनेको आफ्नो पार्टी सरकारमा भएको बेलामा ट्रेड युनियनहरु आँखा चिम्लेर बस्छन् । र यथार्थ पनि त्यस्तै देखिँदै आएको छ । यस्तो आरोपबाट अब नेपाली ट्रेड युनियन मुक्त हुन जरुरी रहेको छ ।

४. संगठनको संरचना गतिशील बनाउन जरुरी छ । चुस्त सांगठनिक संरचनाले मात्र आन्दोलनलाई गति प्रदान गर्न सक्छ । जनवादी केन्द्रियताको सिद्धान्तमा आधारित भएर संगठन संचालनको विधि निर्माण गर्नुपर्दछ । प्रतिष्ठानमा काम गर्ने श्रमिकले सांगठनिक विधिमा रहेका जिम्मेवारी पूरा गर्दा म पनि संगठनको नेतृत्वमा पुग्न सक्छु भन्ने आशा एवं विस्वास पैदा हुने संगठन बन्न जरुरी छ ।

५. पेशेवर ट्रेड युनियनकर्मी संगठनमा आवश्यक हो वा होइन ? हो भने कति आवश्यक हो ? र तिनीहरुको व्यवस्थापन कसरी हुने ? सो समेत विधि निर्माण गर्न जरुरी रहेको छ । मेरो विचारमा पेशेवर ट्रेड युनियनकर्मीको जरुरी छ । तर संगठनले उसको व्यवस्थापनको जिम्मा नलिँदा अराजकता बढ्ने र त्यसले बदनाम बनाउँछ । त्यसैले आन्दोलनलाई आमरुपमा लान पनि पेशेवर ट्रेड युनियनकर्मी पनि विधिको अधिनमा रहने गरी संगठनले व्यवस्थापन गर्नुपर्छ ।

६. आचरण व्यवहार भनेको संगठनको नीतिलाई श्रमिक तथा जनतामा जोड्ने मुख्य कडी हो । ट्रेड युनियनकर्मीको आचरण कस्तो हुने, आलोचनाको उचितरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ज्यादै महत्वपूर्ण हुन्छ । कसैप्रति कुनै कुरा चित्त नुबुझे पद्धति र विधिमा सम्बन्धित कमिटीमा बसेर हल गर्ने । नकी सामाजिक सञ्जालमा छरपस्ट गर्ने र आमरुपमा संगठनप्रति नकरात्मक सन्देश प्रवाह गर्ने । ट्रेड युनियनकर्मीको जीवन आमश्रमिकको चासोको विषय पनि हो । रहस्यमयी जीवन शासकीय शैलीले आन्दोलनलाई घाटा गर्दछ । यस्ता विषय नीतिगत रुपमै स्पष्ट गर्न जरुरी छ । विधि विपरीत मनलाग्दी सार्वजनिक सञ्चार माध्यममा संगठनलाई घाटा लाग्ने प्रचारलाई रोक्नुपर्दछ । यसरी नीति विधि आचरणयुक्त एकीकृत महासंघले अबको ट्रेड युनियन आन्दोलनलाई नयाँ उचाईमा निसन्देह पुर्याउन सक्छ । क्रान्तिकारी ट्रेड युनियन आन्दोलनमा अब बन्ने महासंघ ऐतिहासिक नेतृत्व बनेर स्थापित हुनेछ । 
(लेखक ट्रेड युनियनकर्मी हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...