ओलीको राजीनामाको कुरा उठ्दा २ घण्टाको वार्ता बन्यो अर्थहीन, के होला शुक्रबारको बैठकमा ?

Kp prachanda madhab

काठमाडौं । शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै नेकपाका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घन्टा वार्ता भएको थियो ।

दुई अध्यक्ष बीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको थियो । प्रचण्ड र माधव नेपाल दुवै जनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका छन् भने ओलीले राजिनामा नदिन अडान कायमै राखेका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले पुरानै अडान राखेका छन् । उनले तत्काल दुवै पदबाट राजीनामा दिन नसक्ने प्रष्टसँग राखेका छन् । त्यसैले तीन नेता सहितको छलफल पनि सहमतिबिना टुंगिएको हो ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नै पार्टीका नेतालाई विभिन्न आरोप लगाएपछि स्थायी कमिटीका ३१ जना सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यसपछि नेकपा भित्रको विवाद उत्कर्षमा छ ।

त्रिपक्षीय छलफलबाट सकरात्मक परिणाम आउने आशा गरिए पनि नेताहरुबीचको दूरी थप बढेको छ । अहिले दुवै समूह एकआपसमा छलफलमा जुटेका छन् । त्यसका आधारमा शुक्रबार बस्ने भनिएको स्थायी कमिटी बैठक बस्ने वा नबस्ने भन्ने टुंगो लाग्नेछ । तर, अध्यक्षबीच सहमति नबन्दा बैठक सर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...