कोरोनाविरुद्ध दलित नागरिक समाजको राष्ट्रिय अभियानले दियो ८ जिल्लामा राहत

Dnf help news

काठमाडौं । कोरोनाविरुद्ध दलित नागरिक समाजको राष्ट्रिय अभियानले देशभरका ३ सय ७७ जनालाई आर्थिक तथा खाद्यन्न सामाग्री वितरण गरेको छ ।

सो अभियानले मोरङ, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु, तनहुँ, सुर्खेत र कञ्चनपुर गरी ८ वटा जिल्लामा कोरोना प्रभावितहरुलाई विभिन्न चरणमा री ३ सय ७७ जनालाई आर्थिक तथा खाद्यन्न राहत वितरण गरेको हो ।

दलित गैरसरकारी संस्था महासंघ (डिएनएफ) को अगुवाईमा अभियानले ८ जिल्लाका विपन्न, दलित तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गरिएको बुधबार आयोजित कार्यक्रममा जानकारी दिइयो । डिएनएफका कार्यवहाक अध्यक्ष भक्त विश्वकर्माले अमेरिकामा क्रियाशील नासो कम्युनिटीले पठाएको कुल ३ हजार ३ सय ७५ डलरबाट ३ सय ७७ घर परिवारलाई सहयोग गरिएको जानकारी दिए ।

सो कार्यक्रममा डिएनएफमा उपाध्यक्ष धनबहादुर मिजार, कोषाध्यक्ष जितेन्द्र पासवान, महासचिव जेवी विश्वकर्मा, दलित महिला संघकी अध्यक्ष कला स्वर्णकार, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा लगायतले रुकुम पश्चिममा भएको आततयी घटना, रुपन्देहीको देवदहमा अंगिरा पासीको हत्या प्रकरण, शम्भु सदाको हत्या प्रकाणमा नेपाली मिडियाले खेलेको भुमिकाको चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...