आज सार्वजनिक बिदा

Sabajanik bida

काठमाडौँ । कर्णाली प्रदेशमा आज (बिहीवार) सार्वजनिक बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका १० वटै जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । गत जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 

प्रतिकृया दिनुहोस