साल्ट ट्रेडिङले आफैं तोरी तेल उत्पादन गर्ने  

Salt trading corporation billding

काठमाडौं । नेपालमा नुन, चिनी लगायतका दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको संस्था साल्ट ट्रेडिङ कर्पोरेशन । यसले अहिले तोरी तेल उत्पादन गरेर नयाँ फड्को मार्न लागेको छ ।

निजी क्षेत्रका व्यापारीसँगको सहकार्यमा चाँडै कर्पोरेशनले एलजिएस प्रविधिबाट ‘प्रि इञ्जिनीयरिङ हाउस’ आम उपभोक्तामाझ ल्याउने तयारी गरिरहेको छ । नयाँ उत्पादन सुरु गरेपछि कर्पाेरेसनप्रति उपभोक्ताको थप विश्वास बढ्ने छ ।

हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू उद्योग सञ्चालन गरी चितवन लगायतका तराई/मधेशका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पोरेशनले जनाएको छ ।

नेपालमा आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९० प्रतिशतभन्दा माथि छ । कर्पोरेशनले वार्षिक दुई लाख मेट्रिक टन नुन देशका ७७ जिल्लामा बिक्री वितरण गर्दै आएको छ । आयोडिनयुक्त नुनले गलगाड रोग नियन्त्रणमा कोशेढुङ्गाको काम गर्दछ ।

कर्पोरेशनका वरिष्ठ व्यापार अधिकृत ब्रजेश झाका अनुसार कर्पोरेशनले नेपालगञ्ज, धनगढी, सिमरा, लालगढ र विराटनगरका पाँच वटा गोदाम घरमा छ महीनालाई पुग्ने दुई अर्बभन्दा बढीको नुन भण्डारण गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...