दैलेखको खगेनामा चट्याङ लागेर आमा छोरा बेहोस्, मरे ५ गाईगोरु

Chatyang 1

दैलेख । दैलेखको भगवतीमाईमा चट्याङ लागेर आमा–छोरा बेहोस भएका छन् । पाँच गाईगोरु मरेका छन् ।

शनिबार दिउँसो ३ बजेतिर परेको चट्याङ लागेर भगवतीमाई गाउँपालिका ७ खगेनाका इन्द्रजीत बिककी श्रीमती पवित्रा बिक उनका छोरा दीलिप बिक बेहोस भएको हुन् ।

चट्याङले पाँच गाईगोरु मरेको बेहोस भएका आमाछोराको स्थानीय अस्पतालमा उपचार भइरहेको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए ।

दैलेखमा लगातार तीन दिनदेखि परेको अविरल वर्षासँगै ठाउँठाउँमा चट्याङ परेको छ । लगातारको वर्षाले दैलेखको पूर्वी खण्डमा पर्ने मध्यपहाडी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

बिहीवार राति सोहि गाउँपालिका ३ पुग्याँका बलबहादुर खड्काको घर भत्किदा घरको गोठमा रहेका १४ बाख्रा मरेको र घरभित्र राखिएको अन्न लत्ताकपडासमेत पुरिएको छ ।  घटनाको विस्तृत विवरण संकलनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...