रुकुम (पूर्व)मा दहमा डुबेर एक जना बेपत्ता

Bepatta ssyqrvjqh2

काठमाडौँ । रुकुम (पूर्व)मा दहमा डुबेर एक जना बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ मा रहेको गुप्ता दहमा डुबेर लजिम बुढा बेपत्ता भएका हुन् ।

भैँसीखर्क जानुभएका १८ वर्षीय बुढा आज पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनुभएको वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिए । बर्खाका समयमा लेकतिर गाईभैँसी लिएर खर्क जाने प्रचलन छ ।

वडा नम्बर १  भट्टेचौरबासी उनी गुप्ता दहको खर्कमा भैँसी चराउन गएका थिए । वडाध्यक्ष बुढाका अनुसार पौडी खेल्न गएकामध्ये सिर्जन बुढा बाँच्न सफल भएको तर लजिम डुबेर बेपत्ता भएका छन् ।

अहिले स्थानीयवासीले लजिमको खोजी गरिरहेका छन् भने प्रहरीलाई पनि खबर गरिएको अध्यक्ष बुढाले बताए ।  सडक सुविधा नभएको उक्त ठाउँमा जिल्ला सदरमुकाम रुकुमकोटबाट जान हिँडेर दुई दिन लाग्छ ।
 

प्रतिकृया दिनुहोस