बाढी पहिरो पीडितको राहत र उद्धारमा कुनै कमी हुन नदिने गृहमन्त्री थापाको प्रतिबद्धता

107858749 2645683722355176 2066664631573685662 n

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापनमा कुनै कमी नगरिने बताएका छन् ।

जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जाजरकोटमा बाढीपहिरोबाट पीडितको उचित व्यवस्थापनको माग गर्दै उनीहरुले आज गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका  थिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिए ।

उनले बाढीपीडितका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तिव्रता दिने जानकारी गराए । मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ ।

त्रिचालीस जना बेपत्ता छन् । सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तीव्रता दिँदै आएको छ ।
 

प्रतिकृया दिनुहोस