के कारण गर्भ रहँदैन ? महिला वा पुरूषमा को दोषी होलान् ? कारण यस्ता छन्

Sex 3

काठमाडौं । सन्तान नजन्मिदाँ एकले अर्कालाई दोश लगाउने गरिएको छ । जसका कारण परिवारमा निक्कै खटपट पनि हुने गरेको छ । औसतमा जँचाउन आउने २ सय महिलामध्ये दुईजनामा बाँझोपनको समस्या देखिन्छ ।

त्यसमा धेरैजसो पुरुषभन्दा महिलाकै स्वास्थ्यका कारण गर्भ नबसेको देखिन्छ । समस्या लिएर अस्पताल आउनेहरुको संख्या हेर्दा चार महिलामध्ये एकजनाको गर्भ नरहनुको कारण पुरुषमा रहेको स्वास्थ्य समस्या देखिन्छ भने ३ जनाको समस्या महिलाकै कारण देखिन्छ ।

यो आधारमा बाँझोपनको समस्या महिलाको स्वास्थ्यको कारण बढी देखिएको छ । गर्भ नरहनुको कारण यही हो भन्न सकिन्न । कुनै मानसिक कारणले समेत प्रभाव पार्ने गरेको देखिन्छ भने केही स्वास्थ्यको कारणले समेत गर्भ बस्न सक्दैन । यी दुवै समस्याको समाधानका आ–आफ्नै उपचार पद्धति छन् ।

यौनसम्बन्धको क्रममा पुरुषको शुक्रकिट र महिलाको डिम्बको संयोजनपछि गर्भ बस्छ । यसका लागि महिलाको डिम्ब निस्कने रजस्वला चक्रको निश्चित अवधि र स्वस्थ शुक्रकिट आवश्यक पर्छ ।

अहिले उच्च प्रविधि प्रयोग गरेर कृत्रिम प्रक्रियाबाट समेत गर्भ राख्न सकिन्छ । जसलाई ‘इन–भिट्रो फर्टिलाइजेसन’ भनिन्छ । यहाँ प्राकृतिक गर्भ रहने विषय उल्लेख गरिएको छ । पहिला गर्भ रहन नसक्ने अवस्थाबारे विश्लेषण गरौं ।

महिलाको प्रजनन अंगमा अवरोध भयो भने गर्भ बस्दैन । महिलाको डिम्ब नै ननिस्केको खण्डमा समेत गर्भ बस्दैन । डिम्ब अस्वस्थ भयो भने र नियमित यौन सम्बन्ध भएन भने पनि गर्भ बस्ने सम्भावना रहँदैन । पुरुषको शुक्रकिट बन्यो तर गर्भ बस्नलाई चाहिने आवश्यक मात्राभन्दा कम शुक्रकिट भयो भने पनि गर्भ रहन्न ।

यी समस्या समाधानका उपायसमेत छन् । सन्तानको चाहना राख्ने जोडीले डिम्ब निस्किने समय तथा यौन चाहना भएको समयलाई ध्यान दिएर यौन सम्बन्ध राख्दा प्रभावकारी हुनसक्छ ।

यसका लागि महिला महिनावारी समयको गणनाले सहयोग पुर्याउन सक्छ । महिनावारी भएको दिनको १० औं दिनदेखि २० औं दिनभित्रको समय बच्चा बस्नका लागि उपयुक्त समय हो । यो समयमा यौन सम्पर्क भए बच्चा बस्ने सम्भावना बढी हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...