बलात्कार गरेकाे आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

Adhikari 1 480x570

काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारीलाई बलात्कारको आरोपमा पक्राउ गरेकाे छ ।

उनले एक महिलालाई आफ्नै कार्यलयमा लगेर बलात्कार गरेको महिलाले बताएकी छन् ।

एसएसपी अधिकारीले आफुलाई लठ्याउने औषधी प्रयोग गरी बलात्कार गरेको भन्दै पिडित महिलाले महिलाले टेलिफोनमार्फत प्रहरीलाई जानकारी दिएकी थिइन् ।

घटनाको थप अनुसन्धान सुरु गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस