यस्तो परपुरुष छिर्ने शंकाले पत्नीलाई बाँधेर थुन्ने हाकिमको कथा

Wome story

मैले भर्खरै क्लिनिक शुरु गरेको वेलामा एकजना मानिसले आफ्नो  सालोलाई साइकोसिसको उपचार गर्न ल्याएका थिए । ब्राम्हण परिवारका उच्च सामाजिक प्रतिष्ठा  भएका मानिस थिए ।

विरामी मध्यम वर्गका, पढेलेखेका बुझ्ने खालका थिए । उनको कतै जागिर पनि थियो । उपचार शुरु गरेँ । औषधि खान आनाकानी गरेनन्, सुधार पनि हुँदै गयो ।

छ महिना जति पछि तीनै मानिसले आफ्नो भाइ र बहिनीलाई पनि लिएर आए । दुवैलाई सिजोफ्रेनिया भएको रहेछ । बहिनीलाई औषधिले राम्रैसँग छोएकाले निको हुँदै गयो । राम्रै ठाउँमा विहे गरिदिएछन् । विहे पछि पनि ज्वाईँले सहजै लिएर आउँथे । तर भाइ चाहिँ अहिलेसम्म ठीक भएको छैन । 

उनीहरुलाई मैले हेर्न शुरु गर्दा म पनि नयाँ, अनुभवको कमी थियो । विरामी पक्षलाई के भन्नु हुन्छ, के भन्नु हुँदैन भन्ने थाहा भएर पनि मेरो मुखबाट प्वाक्क निस्क्यो, ‘श्रीमतीतिर सालोलाई यो रोग लाग्योे, तपाईँतिर पनि भाइबहिनीलाई भयो, आफ्नो छोराछोरीहरुलाई पनि यो रोग लाग्न सक्छ ख्याल गर्नुस् है’ भनेँ । 

त्यो कुरा मैले त्यसरी भन्नु हुँदैनथ्यो । त्यसवारेमा सोधिहाले पनि मैले अर्कै हिसावले भन्नुपथ्र्यो । उनलाई नराम्रो लाग्यो, केही बोलेनन् । मैले गलत बोलेँ भन्ने अनुभूति भइसकेको थियो ।
कुरो त सही हो, तर जिनेटिक काउन्सिलिङ गर्दा त्यसरी मैले भन्न नहुने । कतिपय अवस्थामा ‘भाइ बहिनी दुईजनालाई सिजोफ्रेनिया भयो, श्रीमतीको भाइलाई पनि भएको छ, बच्चा नपाउँदा राम्रो’ पनि भन्न सकिन्छ । ‘बच्चा भइसकेका छन् भने उनीहरुलाई अलि सहज बातावरणमा राख्नुस्, २५।३० वर्षको उमेरसम्म होसियार हुनुहोला । ४० वर्ष पछि भइहाले पनि त्यसले व्यक्तित्व विगार्न पाउँदैन’ पनि भन्न मिल्थ्यो ।

त्यसवेला उनले ‘सालोलाई पनि भयो, भाइबहिनीलाई पनि त्यही रोग भयो, मलाई मेरो छोराछोरीको चिन्ता लाग्छ’ भनेको भए पनि मैले ‘यो भनेको भाग्यको खेल हो, कसलाई हुन्छ कसलाई हुँदैन भन्न सकिन्न । बच्चालाई हुन्छ कि भनेर चिन्ता गरेर वस्न सकिँदैन ।

अनिवार्य रुपमा लाग्ने जेनेटिक डिजिज पनि होइन, श्रीमती र तपाईँलाई पनि लागेको भए सम्भावना बढी हुन्थ्यो । भाइ बहिनी र सालो भने पछि अलिकता दुरी छ, त्यसैले परिवारमा रोग नभएकोलाई भन्दा तपाईँको बच्चालाई केही बढी सम्भावना होला तर यो बंशानुगत रोग होइन नआँत्तिनुस्’ भन्नुपर्ने ठाउँमा म आफैँले होसियार हुनुस् है भनिदिएँ । ‘नयाँ जोगी खरानी धेरै घस्छ’ भनेजस्तो भयो । 

पछि मलाई असाध्य ग्लानि भयो । ओहो ! गल्ति गरेँ भन्ने भयो ।

उनका साला र भाइबहिनीलाई उपचार गर्दै थिएँ । उनी आफैँ पनि वेलावेलामा सम्पर्क गर्थे । धेरै पछि एकदिन उनले आफ्नो  छोरालाई लिएर आए । उती वेलाको मेरो बोली उनलाई याद थियो थिएन, तर मलाई त याद भइरहेको थियो । हरेक पटक हाम्रो भेट हुँदा मैले गलत बोलेथेँ भन्ने परिरहन्थ्यो । राम्रो सल्लाह दिएँ भनेर नराम्रो बोलेको थिएँ । 

उनको छोरा डाक्टर पढ्ने तयारीमा रहेछन् । मानसिक विरामी भएपछि लिएर आएका थिए । मैले उनलाई भरसक क्लिनिकल विषय पढ्न नलगाउनु होला भनेर सल्लाह दिएँ । पछि उनी डाक्टर भएर आए र हाल जनस्वास्थ्यमा काम गरिरहेको छन् । उनको स्वास्थ्य राम्रो छ । औषधि पनि नियमित चलिरहेको छ ।

जे भए पनि रोग लाग्दैमा जिन्दगी सकिँदैन, धैर्य गर्नुपर्छ, रामै्र हुन्छ । उपचार गर्दै सामान्य जीवन जीउन सकिन्छ । मेहनत गर्दा अरुले जस्तै सफलता हासिल गर्न सकिन्छ । यो रोगको उपचार पछि जीवनमा सफलता हासिल गर्ने थुप्रै मानिसहरु मेरो सम्पर्कमा छन् ।

अफिस जाँदा पत्नीलाई बाँध्ने 

साइकोसिस भएपछि मानिसका बानी व्यहोरामा विभिन्न किसिमका गम्भिर परिवर्तनहरु देखिन्छन् । त्यसमध्ये आफ्नो  निकटका मानिसहरुलाई पनि शंकाको घेरामा राखेर निगरानीमा राख्ने गरेको पाइन्छ । लोग्नेले स्वास्नीलाई शंका गर्ने र स्वास्नीले लोग्नेप्रति शंका गरेर पछि लाग्ने हुन्छ । यसमा विरामीले अति नै शंका गरेको हुन्छ । तर यसको प्रभाव जीवनका अरु गतिविधिमा नपरेको हुनसक्छ र अन्य कुरामा ठिकठाक हुनसक्छन् । 

यस्तै समस्या भएर उपचारका लागि आएका एकजना उच्च तहका सरकारी जागिरेले श्रीमतीप्रति अति नै शंका गरेर हैरान पारेका रहेछन् । उनी कार्यालय जाँदा सधैँ श्रीमतीलाई क्वाटरको कोठामा थुनेर जाने र फर्किए पछि छोडीदिने गर्थे । उनको मनमा यति धेरै शंका उब्जिन्थ्यो कि कोठामा सामान्य हिसावले थुनेर मात्र नपुग्ने । परपुरुष आएर झ्यालबाहिरबाट भित्र वसेकी श्रमितीसँग अनैतिक सम्बन्ध राख्ला भनेर श्रीमतीलाई कोठाको वीचमा बाँधेर राख्ने । 

झ्यालमा ग्रिल छ, पर्दा छ, तर पनि झ्यालबाटै शारीरिक सम्बन्ध राख्न सक्छ भन्ने उसलाई गहिरो विश्वास हुने भएकाले झ्यालबाट नभेट्नेगरी कोठामा बाँधिदिने । खानेपिउने, दिसा पिसाव गर्ने आदि प्रबन्ध पूर्णरुपमा गरिदिने तर बाँधेर राख्नुपर्ने । नियमित रुपमा उनले यस्तो कार्य गर्न थाले । तर कार्यालयको काममा यसको प्रभाव परेको थिएन ।

कार्यालय र अन्यत्र गर्ने व्यवहार सामान्य रुपमा चलिरहेको छ । कार्यालयमा उनी राम्रो कर्मचारीका रुपमा परिचित छन् । श्रीमतीको चरित्र सम्बन्धी उनको शंकाबाहेक सवै काममा उनी ठीक थिए तर श्रीमतीको मामलामा गलत विश्वासले ग्रस्त १

श्रीमतीप्रति गलत विश्वास राख्ने, शंका गर्ने र यातना दिने गरेपछि सँगै वस्न गाह्रो भयो । धेरै समय पत्नीले यो यातना सहेर वस्न सकिनन्, लोग्नेलाई छोडेर हिँडिन् । पछि उनलाई उपचारका लागि आफन्तले लिएर आएका थिए । केही सुधारको क्रम शुरु भएको थियो । तर पछि उनीहरु आएनन् ।

कुनै एउटा विषयमा मात्र खरावी हुने र अरु सवै विषयमा ठीक हुने यस किसिमको समस्यालाई पर्सिस्टेन्ट डिलुजन भनिन्छ ।

केटीले मन पराइ भन्ने भ्रम

एकजना लेखाका सरकारी कर्मचारी सवै काम राम्रोसँग गरिरहेका थिए । कहिँ केही खोट थिएन, इमान्दार पनि त्यत्तिकै ।  उनमा एकाएक एउटा भ्रम आयो । यो २०५५ सालतिरको कुरा हो ।

नाताले उनकी भाञ्जी पर्ने केटीले मन पराएकी छ भन्ने उनमा भ्रम उत्पन्न भयो । ती केटीका बुबा उनी भन्दा प्रशासनिक रुपमा निकै माथिल्लो पदमा आसिन थिए । सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिका हिसावले पनि उनीसँग विवाहको कल्पनै गर्न नसक्ने स्थिति थियो । त्यसमाथि उनी विवाहित थिए । तर पनि त्यो केटीले मलाई मन पराई भनेर एकोहोरिन थाले ।

यस वारेमा श्रीमतीलाई थाहा भयो । तर श्रीमान्लाई मानसिक रोग लागेको छ भनेर उनले कल्पनै गरिनन् । यो क्रम बढ्दै गए पछि उनलाई पनि रोग हो भन्ने थाहा भयो । उनी ती केटीको सम्बन्धमा साह्रै एकोहोरिँदै गए । उपचारका लागि ल्याउने वेलामा उनले श्रीमतीलाई त्यो केटी विवाह गर्ने सम्बन्धमा फकाउन थालेको स्थिति थियो । उनी भन्दा रहेछन्, ‘तिमीले मलाई डिभोर्स दिन जरुरी छैन, जग्गा जमिन दिन्छु गरेर खाऊ’ आदि । यसरी एकोहोरिँदै मालपोतमा गएर श्रीमतिसँग छुट्टिने भनेर जग्गाजमिन पनि पास गरिदिएछन् । त्यसपछि उनले केटीको बुबालाई भेटेर विवाहको प्रस्ताव नै राखेछन् । सवै छक्क १ त्यसपछि यो कुरा केटीलाई पनि थाहा भएछ । 

केटीको बुबालाई भनेपछि उनले श्रीमतीलाई बोलाएर लोग्ने विरामी भएछन्, उपचार गर्नुपर्छ भनेर सुझाव दिएछन् । श्रीमतीले कोशिस गरिन् तर उपचारका लागि आउन नमान्ने । औषधि उपचार भन्यो कि मान्दै नमान्ने । 

उनलाई जवर्जस्ती जस्तै गरेर ल्याइएको थियो । जवर्जस्ती जस्तो गरेर नै भर्ना भए । करिव डेढ महिना राखेर उपचार गरियो । उनलाई लामो समय धेरै मात्राको औषधि चलाउनु पर्यो । पछि निकै ठीक भयो । आजसम्म पनि ठीकै अवस्थामा छन् । उनले गल्ति भएछ, भ्रम पर्यो भनेर आंशिक स्वीकार गरे ।

उनमा त्यो केटीले मलाई मायाँ गर्छे, उसँग विवाह गर्छु भन्ने विषयमा बाहेक अरु सवै सोच ठीक थियो । त्यही एउटा विषयमा मात्र उनको समस्या थियो । यस्तो खालको साइकोसिसलाई निश्चित सीमा भित्रको वा आइसोलेटेड साइकोसिस भनिन्छ । यसमा धेरै जसो लोग्नेले स्वास्नीलाई र स्वास्नीले लोग्नेलाई विनाआधार शंका गर्ने हुन्छ ।

(मनोचिकित्सक डा. विश्ववन्धु शर्माद्धारा लिखित पुस्तक ‘मान्छेको मन’ बाट)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...