१६ वर्षीया किशोरी बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

T9u33ev2r13ysu59fzv3

काठमाडौँ । किशोरी बलात्कारको आरोपमा कालीकोटका एक वडा अध्यक्ष पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

आफ्नै गाउँकी बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि ललाइफकाइ बलात्कार गर्दै आएको उजुरी परेपछि शाहीलाई पक्राउ गरिएको डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

बुधबार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने डीएसपी ओलियाले बताए । उनका अनुसार वडा अध्यक्षलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस