जुम्लामा कुपोषण दर घट्दो क्रममा

1594787484.kuposhan

काठमाडौँ । जुम्लामा कुपोषण दर घट्दो क्रममा रहेको छ । स्वास्थ्य कार्यालय जुम्लाको पाँच वर्षको तथ्याङ्कलाई हेर्ने भने कुपोषण घर घट्दो क्रममा रहेको हो । विसं २०७२ मा एक वर्षमुनिका बालबालिका १० दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १५ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत कुपोषित रहेका थिए ।

त्यसैगरी विसं २०७३ मा एक वर्षमुनिका बालबालिका १२ दशमलव छ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव चार प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२ दशमलव छ प्रतिशत कुपोषित थिए । विसं २०७४ मा एक वर्षमुनिका बालबालिका १० दशमलव नौ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२ दशमलव सात प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ११ दशमलव नौ प्रतिशत कुपोषित रहेका थिए ।

यस्तै विसं २०७५ मा एक वर्षमुनिका बालबालिका सात दशमलव दुई प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १० दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका नौ प्रतिशत कुपोषित रहेका थिए । विसं २०७६ मा एक वर्षमुनिका बालबालिका तीन दशमलव सात प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका सात दशमलव आठ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका पाँच दशमलव सात प्रतिशत कुपोषित रहेका छन् ।

विसं २०७२ मा ६५, २०७३ मा १४८, २०७४ मा २९२, २०७५ मा १११ र २०७६ मा ८३ जना कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, “यस वर्षको तथ्याङ्क आउन बाँकी छ ।” यहाँको महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण गरी पोषणयुक्त बनाउनका लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रमको प्राविधिक सहयोग भने मनहरी विकास संस्था (एमडिआई) नेपालले गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । कार्यक्रमको प्रमुख लक्ष्य भनेकै आमा तथा बाल स्वाथ्य र पोषणमा सुधार ल्याउने रहेको छ । यहाँका एक नगरपालिका र सात गाउँपालिकामा रहेका आमा र बच्चालाई सर्वोत्तम पिठो पोषणयुक्त खाना उपलब्ध गराउँदै आएको छ ।

तातोपानी गाउँपालिका–५ लाम्रागाउँकी सरिता चौलागाईँले गर्भवती, सुत्केरी महिला र बच्चालाई वितरण गरिँदै आएको पोषणयुक्त आहार (सर्वोत्तम पिठो) ले पोषणमा सुधार हुँदै आएको बताए ।  उजले भने, “लकडाउनमा पनि नियमित वितरण हुँदै आएकाले आमा र बच्चालाई सहज भएको छ ।” यो खाना आमा र बच्चा दुवैले रुचाएर खाने गरेका छन् ।

त्यसैगरी पातारासी गाउँपालिका–३ चौरगाउँकी पन्नी रावलका अनुसार कोरोना भाइरसले लकडाउन भएपछि प्रभावित भएका आमा र बच्चालाई सर्वोत्तम पिठो वितरण गर्दा राहत भएको छ । यसले पोषण सुधार गर्नका साथै भोकमरीबाट पनि बचाएको उनले बताए । एमडिआइ नेपाल जुम्लाका प्रमुख नवीन रावलका अनुसार गर्भवती तथा सुत्केरी आमा र सुनौला हजार दिनभित्रका बालबालिकाको पोषण सुधार गर्नका लागि आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालनमा रहेको छ ।

सन् २०१४ देखि जुम्लामा सञ्चालित कार्यक्रमले प्रतिमहिना पोषणयुक्त आहारा उपलब्ध गराउने र तौल लिने काम गर्दै आएको उनले बताए । त्यसैगरी पोषण र स्वास्थ्यसम्बन्धी परामर्श गर्ने गरिएको छ । दुई हजार ७४६ सुत्केरी, गर्भवती र चार हजार ५७ बालबालिका गरी छ हजार ८०३ जनालाई २० हजार ४०९ मेट्रिक टन पोषणयुक्त आहार (पोषिलो लिटो) वितरण गर्दै आएको प्रमुख रावलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...