मौसमविदले भनेः आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना छैन

Mausam weather

काठमाडौं । आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यद्यपि मनसुनी वायु कायमै रहेकाले बुधबार दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ । मौसमविद गंगा नगरकोटीले भनिन्, ‘ठूलो वर्षा र लगातारको झरीको सम्भावनाचाहिँ आगामी तीन दिनलाई खासै छैन ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । यसले गर्दा हल्कादेखि मध्यमखालको वर्षा सबै प्रदेशका केही स्थानहरुमा हुन सक्छ । मौसमविद नगरकोटीका अनुसार अहिले पनि प्रदेश १ मा वर्षा भइरहेको छ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा पनि हल्का खालको वर्षा भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...