नेपाली गुठीले डेलिस्टाउन हस्पिटलमा कार्यरत ३ सयलाई खुवायो खाना

Tayari khana bitaran

पेन्सलभेनिया (अमेरिका) । नेपाली गुठी एसोसियसनले पेन्सलभेनियाकै ठूलो हस्पिटल डेलिस्टाउन हस्पिटलमा कार्यरत स्वास्थ्कर्मीहरुलाई निःशुल्क भोजन गराएको छ ।

गुठीले पेन्सलभेनियास्थित नमस्ते इन्डियन रेष्ट्रोका सञ्चालक भरत रावलको प्रयोजनमा डेलिस्टाउन हस्पिटलमा कार्यरत डाक्टरहरु, नर्स र कर्मचारी गरी ३ सय जनालाई निःशुल्क रुपमा भोजन गराएको हो ।

नेपाली गुठीले कोरोनाको कहरबा बीचमा निःशुल्क रुपमा तयारी भोजन गराएपछि यो क्षेत्रका कंग्रेस म्यान ब्रायन, अस्पतालका अध्यक्ष जिम ब्लेक्सर र प्रमुख कार्यकारी निर्देशक लौरा वर्थम्यानले गुठीको कामप्रति प्रशंसा गरे ।

उनीहरुले संकटको बेला पनि नेपालीहरु यसरी सामाजिक कामम सक्रिय बनेकोमा गुठी र समग्र नेपालीलाई धन्यवाद दिएको गुठीका अध्यक्ष विमल मोक्तानले निशान न्युजलाई बताए ।

सो हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नि:शुल्क भोजन गराउँदा अमेरिकी सामाजिक कार्यकर्ता जर्ज ह्वाइट हेयर र श्यामसुल हुददा, गुठीका संरक्षक विनोद मोक्तान, विष्णु मोक्तान लगायतले सहयोगी भुमिका निर्वाह गरेका थिए ।

यो हस्पिटल कोरोना संक्रमितहरुको उपचार गर्ने पेन्सलभेनियाकै सबैभन्दा ठूलो हस्पिटल हो । यहाँ अहिले पनि कोरोना संक्रमतिको संख्या उल्लेख्य छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...