नेपाल प्रहरीका डीएसपी रमेश सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर, परे निलम्बनमा

Dsp ramesh singh

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियारले उनीमाथि ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन् । सिंह हाल नेपाल प्रहरीको बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत छन् ।

अख्तियार दुरुपयोग अनसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्चाएर झुठा विवरण उल्लेख गरी प्रहरी निरीक्षकमा भर्ना भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डीएसपी सिंहले जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नागरिकताको प्रमाणपत्रको जन्म मिति सच्याई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएको भन्ने उजुरी परेको थियो ।

नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा समेत उल्लिखित जन्म मिति सच्याई ढाँटी झुठ्ठा विवरण पेश गरी सेवा प्रवेश गरेको देखिएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

प्रवक्ता कोइरालाले भने, ‘सिंहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...