फुक्यो मलेसियाको गाँठो, अब केही सातामै नेपाली कामदार लैजाने 

फुक्यो मलेसियाको गाँठो, अब केही सातामै नेपाली कामदार लैजाने 

काठमाडौं । १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आगामी हप्तादेखि खुल्ने भएको छ । मलेसियाको रोजगारी खुलाउने विषयमा दुई देशका प्राविधिक कमिटीको मंगलबारदेखि मलेसियास्थित पुत्राजयमा बसेको बैठकले केही दिनभित्रै नेपाली कामदार लैजाने विषयमा टुंगो लगाएको हो ।

गत वर्षको जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन मलेसियन उच्च अधिकारी र नेपालको तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा बैठक बसेको थियो ।

नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सरकार सहमत भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाहरुको भने निरीक्षण हुने छैन ।

दुई महिनाअघि मात्रै मलेसिया सरकारको वार्षिक निरीक्षणमा पास भइसकेकोले उनीहरुले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने बाटो खुल्ला भएको छ ।

मलेसियाको पुत्राजयमा नेपाल र मलेसियाका उच्च अधिकारीबीच बिहीबार दिउँसो सम्पन्न संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो । बैठक तीन दिनसम्म चलेको थियो । सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा मलेसियाको मावन संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव घिमिरेबीच हस्ताक्षर भएको हो । अब मलेसियाबाट आउने निरीक्षण टोलीले सूचीकृत नयाँ स्वास्थ्य संस्थाको निरीक्षण गर्नेछ । निरीक्षणमा पास हुने स्वास्थ्य संस्थालाई मात्रै बायोमेडिकल प्रणालीमा समावेश गर्नेछ ।

‘पहिलेदेखि नै बायोमेडिकल सुरु भएको संस्थाले काम सुरु गर्न पाउनेछ । मलेसिया सरकारको स्थापित मापदण्ड पुग्नेलाई छनोट गर्नेछ ।बैठकमा नेपाली टोलीले स्वास्थ्य मापदण्ड पुर्‍याउने संस्थालाई बायोमेडिकलमा सहभागी हुनेपर्ने अडान राखेका थिए । मलेसियाले सुरुमा तत्कालको लागि ३६ वटा स्वास्थ्य संस्थाहरु नै प्रर्याप्त भएको भन्दै आवश्यकता अनुसार थप गर्दै जाने अडान राखेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...