फेरि खुल्दैछ ९ सय कर्मचारी भर्नाको विज्ञापन, मन्त्री परिषदबाट दरबन्दी सिर्जना

फेरि खुल्दैछ ९ सय कर्मचारी भर्नाको विज्ञापन, मन्त्री परिषदबाट दरबन्दी सिर्जना

काठमाडौं । बेरोजगार युवाहरुको संख्या बढेको तर सरकारले रोजगारीको सिर्जना गर्न नसकेको आरोप खेपिरहेको बेला झण्डै ९ सय कर्मचारी दरबन्दी सिर्जना गरेको छ ।

सरकारले विभिन्न कार्यालय र आयोजनाका लागि स्थायी, अस्थायी गरी ९ सय कर्मचारी दरबन्दी सिर्जना गरेको हो । विभिन्न मन्त्रालयअन्तर्गतका आयोजना तथा कार्यक्रमका लागि ८ सय ८३ पद सिर्जना गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक गर्दै राजपत्रांकित स्थायी ८ सय ५३ पद, राजपत्रांकित अस्थायी १५ पद र सेवा केन्द्रका लागि २५ अस्थायी पदको दरबन्दी स्वीकृत गरेको जानकारी दिए ।

राजपत्रांकित दरबन्दीमध्ये सबैभन्दा बढी जलस्रोत तथा सिँचाई विभागअन्तर्गत ३ सय ६० र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतका आयोजनाका लागि २ सय ७२ दरबन्दी स्वीकृत गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...