भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

काठमाडौं । काठमाडौ उपत्यकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुनेछ । इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको हो । काठमाडौं उपत्यकामा इन्द्रजात्राको पहिल्यैदेखि सार्वजनिक बिदा हुने गरेको छ ।

सरकारले अन्य चाडमा सार्वजनिक बिदा कटौती गरे पनि इन्द्रजात्रामा भने बिदा कायम गरेको छ । वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा मनाइन्छ । यस अवसरमा हनुमाढोकास्थित ऐतिहासिक दरबारक्षेत्र परिसरमा रहेका गणेश,कुमारी र भैरवको दर्शन र पूजाआजा गर्ने परम्परा छ ।

इन्द्रजात्राको अवसरमा हनुमानढोका दरबारक्षेत्रको प्राङ्गणमा गणेश, कुमारी तथा भैरवको रथ निकाली दर्शनपूजन गर्ने गरिन्छ । यस दिन राष्ट्रपति ,प्रधानमन्त्रीलगायत राज्यका विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिले हनुमानढोका गई इन्द्रजात्राको अवलोकन गर्नुका साथै गणेश ,कुमारी भैरवको दर्शन पूजा गरी प्रसाद ग्रहण गर्ने चलन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...