मेलम्चीको ड्याम फुट्दा दुई जना बेपत्ता

1642911725bheri babai

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको १७ नम्बरको  बाँध फुट्दा दुई जना बेपत्ता भएका छन् ।

वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी  आयोजनाको बाँध बगाउँदा आयोजनामा कार्यरत दुईजना बेपत्ता भएका हुन् । आयोजनाको मुहानमा रहेको १७ नम्बरको बाँध बगाउँदा आयोजनामा  कार्यरत इन्जिनियर २६ वर्षका शतिश बैध र गाडी चालक राधाकृष्ण थापा बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय हेलम्बुका सई  सन्तोस बुढाथोकीका अनुसार आयोजनाको काममा गाडीमा सवार उनीहरूलाई बाँध फुटेपछि बढेर आएको पानीले करिब साँढे  १२ बजे गाडी  सहित बगाएको थियो।

बगाएको केही तल गाडी देखिएपनि बेपत्ताहरू नभेटिएको सई बुढाथोकीले बताए।  बगाउँदा घाइते भएका इन्जिनियर शेखर खनाल र सर्भे असिस्टेन्ट पेम्बा दोर्जे तामाङको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइराखेको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...