स्याङ्जामा पहिरोले पुरिएर पूर्व गाविस अध्यक्षको मृत्यु, दुई घाइते, तीन बेपत्ता

Lamjung pahiro1

काठमाडौँ । कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित खहरेमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन्।

मंगलबार बिहान ९ बजेतिर झरेको पहिरामा परी साविक बिर्घा गाविसका अध्यक्ष ६५ वर्षीय इमानसिंह गुरुङको मृत्यु भएको वडा अध्यक्ष चक्रबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार पहिरामा परी ३ जना वेपत्ता छन भने अन्य २ जना घाइते छन् । बेपत्ता हुनेमा ५० वर्षीय टिका थापा, ६५ वर्षीय प्रेमचन्द्र पाण्डे र ५५ वर्षीय जिमानसिंह थापा हुन्।

वडा सदस्य ६० वर्षीय हुमनाथ पाण्डे (किसान) र  विरबहादुर थापा घाइते भएको बताइएको छ । पहिरोका कारण २ घर जोखिममा छन् । उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

प्रहरी र सशस्त्रको समूह घटनास्थल पुगेर घाइतेको उद्धार गरी बिर्घा स्वास्थ्य चौकीमा पुर्याएको छ। अन्य ३ जना वेपत्ताको खोजीकार्य जारी राखेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...