डा. लोहनीको प्रधानमन्त्रीलाई प्रश्न, के महाभारतको कुरु क्षेत्र झापाको तल्लो फाँटमा छ ?

Dr.prakash chandra lohani

काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताए । प्रधानमन्त्रीको सो अभिव्यक्तिको निक्कै आलोचना भइरहेको छ । टीकाटिप्पणी पनि भइरहेका छन् ।

प्रधानमन्त्री ओलीको सो भनाईप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अराजक र अनियन्त्रित अभिव्यक्तिको संज्ञा दिएका छन् ।

डा. लाहनीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्माननीय, प्रधानमन्त्रीको भनाइमा अयोध्या नेपालको ठोरिमा पर्दछ । अब महाभारतको कुरु क्षेत्र पनि नेपालको झापाको तल्लो फाटमा छ भन्ने तथ्य प्रधानमन्त्रीले घोषणा गर्ने हो की ?’

‘सम्माननीय प्रधानमन्त्रीको अराजक र अनियन्त्रित अभिव्यक्तिहरुको मनोविज्ञान के हो ?’ उनले प्रशन गरेका छन्, ‘वास्तवमा नेपाल को परराष्ट सम्वन्ध लाइ धुजा, धुजा पारेर नेपाललाई संकटमा धकेल्ने काम किन भइरहेछ ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...