२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् परिवार भित्र यौन हिंसाको शिकारमा महिला पर्दै आएका छन् । हालै बेलायतमा अर्को घटना घटेको छ । २८ वर्षिय रचेल नाम गरेकी महिलाले आफू आफ्नै सौताने पिताबाट पटक पटक बलात्कार गरेको बताएकी छिन् ।

उनले आफ्नो पहिचान सार्वजनिक गर्दै तिन पटकसम्म एबोर्शन गरेको पनि बताएकी छिन् । उनी जब ७ वर्षको थिइन् त्यसबेला देखि नै उनका सौतिना पिता एनोकी एन्ड्रूले आफूलाई यौन हिंसा गर्ने गरेको बताएकी छन् । ४४ वर्षीय एन्ड्रुलाई हालै अदालतले २० वर्षको जेल सजाय तोकेको छ ।

डेली मेलका अनुसार रचेलमाथि भएको यौन हिंसामा उनकी आमा पनि संग्लन थिइन् । आमालाई समेत अदालतले महिला हिंसामा सघाउ पुर्‍याएको आरोपमा ५ वर्षको जेल सजाय सुनाएको छ । अदालतले जेल सुनाएपछि रचेलले एक अन्तर्वार्ता भनेकी छिन्,  दुबै जना जेलभित्र छन् ।

मैले अब सुरक्षीत महसूस गरिरहेको छु । रचेल ४ वर्षको छदाँ  उनका पिता आमासँग अलग भएका थिए । सन् २०००  मा आमाले  एन्ड्रूसँग डेट  शुरू गरेकी थिइन् । सुरूवाती दिनमा सौतिने पिताले आफूलाई माया गरेको र आमासँग विवाह हुनुभन्दा एक हप्ता अघि देखि आफूलाई बलात्कार गर्न सुरू गरेको उनले बताएकी छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...