डब्ल्युएचओ भन्छ : सचेतता अपनाउने कुरामा लापरवाही भयो, निर्णायक काम गर्न नसके अवस्था थप खराब हुन्छ

Who chief

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको भन्दै अधिकांश देशहरु गलत दिशातर्फ अघि बढिरहेको बताएको छ ।

सबै देश भाइरसको जोखिममा रहेको भन्दै सबैले आफ्नो ठाउँमा सचेतता अपनाउने कुरामा समेत लापरवाही गरेको (डब्ल्युएचओ) को तर्क छ । कोरोना भाइरसविरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ।

संगठनका निर्देशक डा. टेड्रोज अद्हानोम गेब्रिसियसले विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने चेतावनी दिएका हुन् ।

उनले रणनीतिक काम र परीक्षणको दायरा बढाउनुपर्नेमा अधिकांश देशका सरकारले लापरवाही गरेको र स्थितिलाई गम्भीरतापूर्वक नलिएको बताएका छन् । दैनिक रुपमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या बढिरहेको तर अधिकांश देशले लकडाउन खुकुलो पारिरहेको तथा परीक्षण घटाइरहेको उनको भनाई छ ।

‘धेरै देशहरु गलत दिशातर्फत गइरहेका छन्, यो भाइरस जनताको एक नम्बरको शत्रु हो तर अधिकांश देश भाइरसविरुद्धको लडाईँमा संयमित भएका छैनन्’ उनले भने, ‘यदि सरकारले आफ्ना नागरिकसँग स्पष्टसँग कुराकानी गर्दैन, संक्रमणलाई रोकथाम गर्न कुनै नयाँ रणनीति अबलम्बन गर्दैन र यदि नागरिकहरु सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउने सहित न्यूनतम सुरक्षाका उपायहरु अपनाउँदैनन् भने यो महामारी यसरी नै अघि बढिरहन्छ ।’

उनले सबै देश भाइरसको जोखिममा रहेको भन्दै सबैले आफ्नो ठाउँमा सचेतता अपनाउने कुरामा समेत लापरवाही गरेको बताए । उनले विभिन्न देशका नेताहरुले दिने प्रतिक्रियाले उनीहरुले भाइरसविरुद्ध गरिरहेको लडाईँप्रति भरोसा कमजोर हुँदै गएको बताएका छन् ।

कोरोना फैलिन नदिन व्यक्तिगत दूरी, हात धोइरहनु र मास्क लगाउनु अनिवार्य भए पनि धेरै देशका सरकार र नागरिकले यसलाई बेवास्ता गरेको उहाँले बताउनुभयो । अमेरिकी देशहरु अझै पनि कोरोना सङ्क्रमणको केन्द्रमा रहेको पनि गेब्रिसियसले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...