सलह भगाउन टिन र थाल ठटाउँदै

5f0d0a9f87fa0 saa

काठमाडौँ । यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् ।

किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए ।

उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्याइरहेको छ । “बालीभरि ढाक्ने गरी सलह बसेको छ”, कृषक बस्नेतले भने, “हाम्रो केही उपाय लागेन ।”

प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोन) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले जानकारी दिए ।

आइतबार सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह सोमबार प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो । सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको अधिकृत खनालको भनाइ छ ।
 
कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको कोदो र मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने भएपछि किसान चिन्तामा परेका छन् । क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...