पाँच घण्टापछि खुल्यो सभाखोलाको ताल, त्रास उस्तै

संखुवासभा । पहिरोले थुनिएको सभाखोला ताल ५ घण्टापछि खुलेको छ । बुधबार दिउँसो सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको थियो ।
दिउँसो वर्षासँगै आएको पहिरोले थुनिएको सभाखोला बेलुका ८ बजेपछि मात्रै खुलेको छ । बुधबार दिउँसो ३ बजेतिर झरेको पहिरोले बजारभन्दा तीन किलोमिटर माथि ४ र ६ वडाको बीचमा रहेको फाक्सीबुङमा ताल बनेको थियो ।
अहिले खोलाको बहाव सामान्य बन्दै गएको संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी मिम लामाले बताए ।यसअघि खोला थुनिएर बनेको ताल फुट्ने डरले बाह्रबिसे बजारवासी त्रसित थिए । खोला पुनः सामान्य स्थितिमा फर्किने अवस्थामा रहेका त्रास छैन ।
प्रतिकृया दिनुहोस