रक्सीको नशामा लात्ता र मुक्‍का प्रहार गरी प्रेमिकाको हत्या

रक्सीको नशामा लात्ता र मुक्‍का प्रहार गरी प्रेमिकाको हत्या

विराटनगर । झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चुँडालले दुई वर्षदेखि आफूसँगै राखेकी एक महिलाको हत्या गरेका छन् । महिलाको हत्यापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट मंगलबारराति पक्राउ गरेको छ ।

प्रहरीले हत्या गरिएकी अन्दाजी ३५ वर्षीया महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन । गत शनिबार बिहान रतुवामाई नगरपालिका–६ का हरिबहादुर खड्काको खाली रहेको ग्वाली घरमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत अवस्थामा भेटिएकी थिइन् । 

प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबार राति मृत्यु भएको थियो । स्थानीय बासिन्दाले दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै ग्वालीमा ल्याएर छाडेर चुँडालले काम गर्न जान्छु भन्दै उनी हिँडेको जानकारी प्रहरीलाई दिएका थिए ।

शुक्रबार राति अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र त्यही क्रममा पुण्यले लात्ता र मुक्‍काले प्रहार गर्दा महिलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीकाअनुसार दुई वर्षअघि झापाको दमकमा ज्याला मजदुरी गर्ने क्रममा पुण्य र ती महिलाको भेट भएको खुलेको छ । दुई वर्षदेखि दुवै जना सँगै बस्दा रहेछन्, मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले भने, मदिरा सेवनका कारण उत्पन्न विवादपछि महिलाको ज्यानै जाने गरी कुटपिट गरेर छाडेको पाइयो । 

प्रहरीका अनुसार विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकै कारण उनलाई गाउँले र घर परिवारले पनि बहिस्कार गरेको पाइएको छ । श्रीमतीले पनि छाडेर हिँडेको प्रहरीले जनाएको छ । बहिस्कारपछि उनी गाउँमा नजाने र बाहिरबाहिरनै बस्ने गरेको खुलेको छ । 

बाहिर काम गरेर बस्ने क्रममै भेट भएकी महिलालाई विभिन्न प्रलोभनमा पारेर लामो समयदेखि आफूसँगै राखेको र मदिरा सेवनका कारण उत्पन्न विवादपछि हत्या गरेर उनी फरार बनेको जनाइको छ । पक्राउ परेका पुण्यविरुद्ध बुधबार कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...