संसदमै पुग्यो डेंगुको प्रकोप, समाधान गर्न सांसदहरुको माग 

Parliament

काठमाडौं । देशभर डेंगुको प्रकोप फैलिइरहेका बेला संसदमा यसको प्रवेश भएको छ । सांसदहरुले देशभर फैलिएको डेंगु रोग निवारणमा सरकार असफल भएको आरोप पनि लगाएका छन् ।

त्यति मात्रै होइन, इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ ।

प्रतिनिधिसभाको बुधरबारको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाई ज्ञापन गरिन् ।

विनादेवी बुढाथोकीले निकै छिटो गतिमा डेंगु रोग फैलिएकामा जनता निकै आत्तिएका हुँदा यसको प्रभावकारी नियन्त्रणका लागि सरकारबाट ठोस कदम चालिनुपर्ने बताइन् । सुजाता परियारले मुलुकमा अहिले धेरै ठाउँमा डेंगु फैलिएको हुँदा सहजरुपमा परीक्षण र उपचार सबै ठाँउमा गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइन् । 
लालकाजी गुरुङले सङ्घीय संसद्का सबै सांसदको भूमिका र जिम्मेवारी एकै भए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई सरकारले ६ करोड उपलब्ध गराए पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदलाई निम्छरा सम्झेर होला छ पैसा पनि रकम नछुट्याइएको भनी गुनासो गरे ।

विमला विश्वकर्माले रसुवाको केरुङ नाकामा केही दिनअघि प्रहरीको कुटाइबाट चालक आशिष तामाङ गम्भीर घाइते भएको हुनाले त्यस्तो ज्यादती गर्ने सुरक्षाकर्मीमाथि हदैसम्मको कारवाही गर्न माग गरिन् । शान्तिमाया तामाङले अत्यावश्यक दैनिक खाद्य पदार्थमा दशैँ र तिहारका बेला हुने मूल्यवृद्धि रोक्न सुपथ मूल्यका पसल देशभर नै सञ्चालन गरेको र पेट्रोलको मूल्य घटाउने काम भएकामा सरकारको प्रशंसा गर्दै अब यातायातलाई सहज तुल्याउने र समयमा पूर्वाधारको काम सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताइन् ।

सरलाकुमारी यादवले पाँच वर्षदेखि दशैँमा काठमाडौँवासीलाई मेलम्चीको पानी खान पाउने भनी आश देखाए पनि अहिले आएर आयोजना अनिश्चित रहेको खबर सुन्नुपर्दा नरमाइलो लागेको भनी गुनासो गरिन् । सरवत आरा खानमले विद्यालय हिँडेकी छात्रामाथि भएको एसिड प्रहार र राष्ट्रिय जनावर गौहत्याका घटनाले सारा नेपालीको मनमा चोट परेको बताए ।

हरिलाल अधिकारीले गोर्खामा बाघ भालुको आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएकाले त्यसलाई नियन्त्रण गर्ने उपायको खोजी गर्न माग गर्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्नेतर्फ पनि सरकारको ध्यान पुगोस् भने । ज्ञानकुमारी छन्त्यालले ८०० मेगावाट क्षमताको उत्तर गङ्गा विद्युत् आयोजना छिटो निर्माण सञ्चालनमा सरकारलाई सुझाव दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

यौनसम्पर्क गरेपछि पैसा नदिँदा यौनकर्मीले ट्रक चालकको लिङ्ग काटिदिइन्

Sex

काठमाडौँ । चालकले राजमार्गमा ट्रक रोक्छन् । यौनकर्मीलाई चढाउँछन् । दुवैबीच सम्पर्क हुन्छ । चालकसँ...