भारतको हस्तक्षेपले तराई डुबेको हो : गृहमन्त्री थापा

Thumb

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले छिमेकी मुलुक भारतको हस्तक्षेपका कारण  तराईमा डुबानको समस्या आउने गरेको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । भारतले सिमा क्षेत्रमा सडकरुपी बाँध बनाउँद नेपाली भूमि  परेको भन्दै भारतले नेपाल विरुद्ध देखाएको गतिविधि रोक्नुपर्ने बताए ।

उनले भने, ‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो । उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए ।  मन्त्रीसँगको छलफलपछि समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।

 

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...