तीजकै दिन काकाले गरे आफ्नै भतिजीलाई बलात्कार 

Maxresdefault

बागलुङ । बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो । भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए ।

घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पुर्‍याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छौ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ भट्टले भने, आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।” आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

परपुरुषलाई घरमै बोलाएर योनसम्पर्क गर्दा गर्दै श्रीमानले भेटाएपछि...

Sex

धनगढी । आफ्नै घरमा परपुरुषसंग भेटेपछि कैलालीमा एक ब्यक्तिको आफ्नो पत्नी को हत्या गरेका छन् । लम्क...