नेत्रविक्रम चन्दका छोरा प्रकाशसहित १५ जना पक्राउ

नेत्रविक्रम चन्दका छोरा प्रकाशसहित १५ जना पक्राउ

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना चितवनमा पक्राउ परेका छन् । चितवन मेडिकल कलेजअगाडि प्रदर्शन गर्दैगर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले बताएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले विभिन्न माग राख्दै विगत नौ दिनदेखि आन्दोलन गरिरहेका छन् । प्रकाश चन्द त्यहीँका विद्यार्थी हुन् ।

आन्दोलनकारी विद्यार्थीहरूले चितवन मेडिकल कलेजले तोकिएकोभन्दा बढी रकम लिएको आरोप लगाउँदै उक्त रकम फिर्ता हुनुपर्ने माग राखेका छन् ।त्यसबाहेक चार वर्षको अध्ययनपछि इन्टर्नशिप गरिरहेका प्रशिक्षार्थी चिकित्सकहरूलाई उचित तलबको व्यवस्था गरिनुपर्ने माग पनि छ ।

चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्तिलाई साझा प्रवेश परीक्षामार्फत् सुनिश्चित गरी सीट वृद्धि गरिनुपर्ने आदि १३ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको चिकित्सा शिक्षा सङ्घर्ष समितिले जनाएको छ । उक्त आन्दोलनको प्रकाश चन्दले गर्दै आएका थिए ।

विद्यार्थीहरुले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । तर प्रहरीले भने आन्दोलनले अस्पतालको शान्ति सुरक्षालाई असर पार्ने भएकाले आन्दोलनकारीहरूलाई पक्राउ गरिएको बताएको छ । प्रहरी उपरीक्षक दान बहादुर मल्लले भने, अस्पतालमा क्षति नहोस् भनेर पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...