चार भारतीय च्यानलको प्रसारणमा रोक, अन्य च्यानको प्रसारण सुरु

Indian news chhenel

काठमाडौँ । केबल अपरेटरहरूले भारतीय न्यूज च्यानल जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलको प्रसारणमा रोक लगाएर अन्य च्यालन प्रसारणमा ल्याएका छन् ।

डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोकेको थियो । तर केही केबल अपरेटरहरुले अरु च्यानलको पनि प्रसारण रोकेको पाइएको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले बताए ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए ।  सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न सुझाव दिएको छ ।

 
 
 

प्रतिकृया दिनुहोस