कांग्रेसको नेपाली जनसम्पर्क समिति अमेरिकामा भाडभैलो, गोरख विष्टलाई पदच्युत गर्दै केसीलाई दिइयो जिम्मवारी

Gorkha bishta news 29

न्युयोर्क (अमेरिका) । नेपाली कांग्रेसको सहयोगी संस्था नेपाली जनसम्पर्क समिति अमेरिकामा भाडभैलो मच्चिएको छ ।

समितिका अध्यक्ष आनन्द बिष्ट (गोरख) नेपाली कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्य बनिसक्दा पनि अध्यक्ष पद नछोडेको र अधिवेसन पनि गराउन नसकी आफुखुसी गर्न थालेपछि समिति नै अस्तव्यस्त बनेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले निर्वाचित सभापति गोरख बिष्ट ( आनन्द बिष्ट) लाई पदमुक्त गरेको छ । विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्य पनि रहेको र ६ महिनाभित्र अधिवेसन गराउनु पर्नेमा असफल बनेपछि उनलाई पदमुक्त गरेको छ । यद्यपि उनले विरोध जनाएका छन् ।
आइतबार अध्यक्ष बिष्ट र महासचिव मुनिन्द्र नेम्वाङले विज्ञप्ती जारी गरी सबै वैधानिक प्रक्रिया जारी रहेको अवस्थामा केही साथीहरुले भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसले अर्को निर्णय नगरी विगतको निर्णयको आधारमा नै समितिको कार्यकाल सकियो भनेर संगठनको मूल्य, मान्यता र पद्धति विपरित सार्वजनिक बहस गर्नु गैर जिम्मेवार कार्य हो भन्ने समितिको ठहर छ’ विज्ञप्तीमा भनिएको छ, ‘समितिको कार्यकालका सम्बन्धमा सम्पूर्ण निर्णय लिने अधिकार नेपाली कांग्रेस केन्द्रीय समिति समक्षसँग मात्र रहेको छ ।’

‘हामी सांगठनिक हित, एकता, संवाद र सहकार्यमा हातेमालो गर्दै संस्थागत प्रक्रियामा प्रतिवद्ध रहन सबैलाई आग्रह गर्दछौं’ विज्ञप्तीमा भनिएको छ, ‘गलत र आधारहीन हल्लाका पछि नलाग्न सबै साथीहरुलाई पुनः एकपटक अनुरोध गर्दछौं ।’

यसरी बिष्टले विज्ञप्ती जारी गरिरहँदा जुम भेला भइरहेको थियो । सो जुम भेलाले बिष्ट आमन्त्रित केन्द्रिय सदस्य भइसकेपछि अध्यक्ष खाली भएको निष्कर्ष निकालेको थियो ।

केसीलाई नयाँ जिम्मेवारी
नेपाली जन सम्पर्क समिति अमेरीकाभरी रहेका नेपाली काग्रेससँग सम्बन्धित जन सम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुबेदीको नेतृत्व र धनन्जय नरसिंह केसीको संयोजकत्वमा बसेको सक्रिय सदस्यहरूको बैठकले विष्टलाई हटाएर बरिष्ट उपाध्यक्ष धनन्जय नरसिंह केसीलाई सभापति बनाएको छ ।

सो बैठकले अधिवेशन तयारी समिति बनाउन एक भर्चुयल भेलाको आयोजन गर्न धनञ्जय नरसिंह केसी, इश्वर सापकोटा, बिष्णु सुवेदी, प्रमोद सिटौला, कृष्ण लामिछाने, भक्त थापा र प्रतिक पाण्डे रहेको एक समितिसमेत गठन गरेको थियो । सो समितिले सबैलाई समेटेर भेला बोलाउने जिम्मा दिइएको थियो ।

सो समितिले आइतबार गरेको जुम बैठकमार्फता धनन्जयनरसिंह केसीको सभापतित्वमा नयाँ कार्यसमिति बनाएको छ । नयाँ कार्यसमिति बनेसँगै विष्टको पद स्वतः खारेज भएको छ ।

आइतबारको जुम भेलाले वरिष्ठ उपसभापतिहरुमा डा. हेम चटौत, ईश्वर सापकोटा, सागर कँडेल, अनन्तराज सुवेदी र प्रतिक पाण्डेलाई चयन गरेको छ भने महासचिवमा सुभाष घिमिरे, सचिवमा मुक्ति पन्त र खड्ग उप्रेती तथा कोषाध्यक्षमा क्रान्ति अर्याल भण्डारीलाई चयन गरेको छ ।

सो भेलाले प्रमोद सिटौला, जगन्नाथ गौतम, राम मिश्र, नेत्र केसी, प्रभात सापकोटा, लक्ष्मी त्रिखत्री परियार, भेषबहादुर कँडेल, डा. अम्बरबाबु भण्डारी इन्द्र सिटौला, हरिराज खनाल, विकास थापा, निर्मल थापा, (सुरेश हमाल (बेग), श्रीराम थापा, अनुप अधिकारी, सुमन आचार्य, दीपकराज पन्त, रामकृष्ण भट्ट, राज ढुंगाना, अर्जुन बम र शशीचन्द्र अधिकारीलाई सदस्यमा चयन गरेको छ । बाँकी ४ जना भने पछि मनोनयन गरिने भएको छ ।

विष्णु सुवेदी, रविना थापा, कृष्ण लामिछाने, भक्त थापा, प्रियरन्जन दाहाल र अमृत सापकोटालाई सल्लाहकार चयन गर्दा निवर्तमान अध्यक्ष हुँदासमेत बिष्ट अटाएनन् ।

सन् २००७ मा अमेरिकामा नेपाली कांग्रेसको भात्रृ संस्थाको रुपमा नेपाली जनसम्पर्क समिति अमेरिका दर्ता भएको थियो । तर, बिष्ट सन् २००९ मा न्युयोर्कमा आफ्नै नाममा सोही नामको अर्काे संस्था दर्ता गरेका थिए ।

पछि नेपाली कांग्रेसले हस्तक्षेप गरेर सन् २०१४ मा दुबै संस्थालाई एक बनाउन एकता महाधिवेसन गराएको थियो । सो महाधिवेसनमा बिष्ट नै सभापति निर्वाचित भएका थिए ।

त्यसयता उनी लगातार रुपमा सभापति छन् । २/२ वर्षमा अधिवेसन गर्ने विधानमा उल्लेख भए पनि बिष्टले अधिवेसन गराउन सकेका थिएनन् ।

नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद –१ को धारा ५८ मा पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वतस् रिक्त हुनेछ’ भनिएको छ । त्यसैलाई टेकेर आइतबार नयाँ कार्यसमिति चयन भएको हो ।

सो भेलाले आगामी दिनमा पूर्वअध्यक्ष बिष्टले आमन्त्रित केन्द्रिय सदस्यको जिम्मेवारी इमान्दारितापूर्वक बिधि बिधानको दायराभित्र रही निभाउने र त्यो पदको गरिमालाई ख्याल राख्दै जिम्मेवार अभिव्यक्तीहरु दिने अपेक्षा पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...