आज मेघ गर्जनसहित भारी वर्षाको सम्भावना 

आज मेघ गर्जनसहित भारी वर्षाको सम्भावना 

काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बुधबार) बिहान देशका पूर्वी, मध्य तथा पश्चिमी भु–भागका केही स्थानमा मेघ गर्जन–चट्टयाङसहित मध्यम वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा पूर्वी भाग औसत स्थानभन्दा केहि माथि नेपाल नजिक रहेको छ र अन्य स्थानमा आसपासमा भएको उल्लेख गरिएको छ ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ । बुधबार दिउँसो देशभरी सामान्य बदली रहि धेरै स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित मध्यम वर्षा हुनेछ । देशका पूर्व र मध्य भु–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभरी सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । देशको पुर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा भारी वर्षाको सम्भावना भएको महाशाखाको बुलेटिनमा उल्लेख छ । बिहीबार देशका मध्य तथा पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ । शुक्रबार पूर्व,मध्य र पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै स्थानमा मध्ययम वर्षा र केहि  स्थानमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने छ । बुलेटिनमा भनिएको छ, पहाडि भु–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउने भएकाले सतर्कता अपनाउन अनुरोध छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...