अमिताभ बच्चनलाई कोरोना सङ्क्रमण हुँदा स्वास्थ्य लाभको कामना गर्दै गरियो विभिन्न ठाउँमा पूजापाठ

Amitabh puja 29

काठमाडौं । आफ्नो देशको कलाकाको कतिसम्म माया हुन्छ भन्ने कुरा भारतीय दर्शकले पुष्टि गरेका छन् । बलिउडका महानायक अमिताभ बच्चनमा कोरोना सङ्क्रमण भएपछि स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठ भएका छन् ।

यस्तै कतिपय ठाउँमा यज्ञ पनि गरिएको छ । अमिताभ बच्चन लगायत छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अमिताभ बच्चनले शनिबार राति ट्वीट गर्दै आफूमा कोरोना सङ्क्रमण भएको जानकारी गराएपछि फ्यानहरुले प्रार्थना गर्न थालेका हुन् । 

कलकत्तामा अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै यज्ञको आयोजना गरिएको छ । कलकत्ताको श्याम बजारमा रहेको शिव मन्दिरमा त्यहाँका मानिसले यज्ञ गरेका हुन् । यस्तै अल सेलिब्रेटी फ्रेन्ड्स क्लबका सदस्यले पनि बेहालाको चौरस्ता क्षेत्रमा भव्य पूजाको आयोजना गरेका छन् । 

कलकत्ता बाहेक मुम्बई तथा मध्यप्रदेशमा पनि अमिताभ बच्चनको स्वास्थ्यको कामना गर्दै पूजा  समारोहहरु भइरहेका छन् । मध्यप्रदेशको प्रख्यात उज्जैन मन्दिरमा अमिताभ र परिवारका सदस्यको स्वास्थ्य कामना गर्दै विशेष पूजा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...